इलाममा मिल्क होलिडेको अन्त्य हुदै,डेरीमा लगानी गर्दै किसान | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

इलाममा मिल्क होलिडेको अन्त्य हुदै,डेरीमा लगानी गर्दै किसान

इलामा, १८ असोज । प्रदेश भुमि व्यवस्था कृषि तथा सहकारी मंत्रालयले इलाम जिल्लाका दुग्ध उत्पादक सहकारी र डेरीमा अनुदान उपलव्ध गराउन थालेपछि जिल्लामा मिल्क होलिडेको अन्त्य हुँदै गएको छ । डेरीमा गरिएको लगानीले किसानलाई मिल्क होलिडेको समस्याबाट मुक्ति मिल्नुका साथै दुध प्रशोधन गरी दुग्घजन्य पदार्थ उत्पादनमा सघाउ पुगेको छ ।

इलामका २ दुग्ध उत्पादक सहकारी संस्थाको क्षमता अभिवृद्धिमा प्रदेश सरकार भुमि व्यवस्था कृषि तथा सहकारी मंत्रालयले अनुदान उपलव्ध गराएको छ । अनुदान पछि किसानलाई दिनको दुइ पटक दुध संस्थामा लान मद्धत पुगेको छ । अनुदानबाट औजार र उपकरण खरिदले मिल्क होलिडेको समस्या अन्त्य हुने भएको छ । किसानलाई मिल्क होलिडे हुँदा महिनामा आधा दुध नबिक्ने समस्या अन्त्य भएको छ ।

चिस्यान केन्द्र सञ्चालन भएपछि जति दुध उत्पादन भएपनि बेच्न समस्या नभएको किसानहरुको भनाई छ । डेरीमा जेनेरेटर सहित चिलिड, भ्याट र मिल्क एनलाइजर जस्ता अत्याधुनिक उपकरणको व्यवस्थापन गरिएको छ । संस्थाको दुध खरिद गरि घिउ छुर्पी उत्पादन गर्ने डेरीमा पनि क्षमता विस्तार भएको छ । घिउ बनाउने चर्नर मेशीन, जनेरेटर र घिउ राख्ने डिप फ्रिजको व्यवस्थापन पनि भएको छ ।

सहकारी संस्थामा १० लाख र केहि डेरीमा ५ लाखका दरले अनुदान सहयोग भएको छ । बर्षायाममा सडकको कारण ढुवानीमा समस्या रहेको स्थानमा अनुदान पछि सहज भएको छ । कच्चा दुध शहर बजारमा लगेर बेच्नुको सट्टा गाउँघरमै डेरी संचालन गरि मुल्य अभिबृद्धिमा सघाउ पुग्ने र रोजगारी व्यवस्थापन हुने देखिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);