डेढ सय भन्दा बढि व्यवसायीहरु व्यवसायबाट पलायन | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

डेढ सय भन्दा बढि व्यवसायीहरु व्यवसायबाट पलायन

दाङ,१८ असाेज । नेपालमा दिनप्रतिदिन कोरोना संक्रमितहरुको संख्या बढ्दै गएको छ । महामारीका कारण दाङको व्यापार व्यवसायमा ठुलो असर परेको छ । कोरोना कहरकै अवधिमा दाङका करिब डेढ सय बढी व्यवसायीहरु पलायन भएको तथ्याङक छ ।

कोरोना महामारीका कारण दाङमा ठूलो संख्यामा व्यवसायीहरु व्यवसायबाट पलायन भएका छन् । पलायन हुनेहरुमा अधिकांश होटेल व्यवसायी, पर्यटन व्यवसायी र फेन्सी व्यवसायीहरु रहेको तथ्यांक छ । यी व्यवसायमा आवद्ध ८ सय बढी कर्मचारी पनि रोजगार गुमाएका छन् । तर, व्यवसायीको प्रवद्र्धन राहतमा सरकारले बेवास्ता गरेको व्यवसायी आरोप छ।

महामारीको त्रासले व्यापार व्यवसाय बन्द हुदाँ घर भाडा, बैकं ब्याज तथा अन्य विभिन्न कर तिर्ने रकम समेत जम्मा गर्न नसकेको व्यवसायीको गुनासो छ । सरकारले व्यवसायीलाई राहत हुने कुनैपनि कार्यक्रम ल्याउन नसकेकोले पलायन हुन बाध्य भएको व्यवसायीहरुको भनाई छ ।

केही व्यवसायी पसल बेचेर ऋण तिर्ने अवस्थामा पुगेका छन् । ३५ लाखको लगानीमा होटल सञ्चालन गरेको ६ महिनामै बन्दाबन्दी भएपछि व्यवसायबाट पलायन भएको घोराहीका होटल व्यवसायीको भनाई छ । ठूलो लगानीका होटल पनि निकै समस्यामा परेका छन् । बन्दाबन्दी खुलेपनि ग्राहकहरु कम मात्र आउने गरेका छन् । स्वास्थ्य सतर्कता अपनाउदा पनि खासै प्रभावकारी नभएको होटल संचालकको भनाई छ ।

बन्दाबन्दीको कारण लामो समयसम्म व्यापार व्यवसाय सञ्चालन नभएपछि ऋण तिर्नकोलागि पसल बेच्नु पर्ने बाध्यता भएको व्यवसायीले बताएका छन् ।सरकारले २५ हजार भन्दा बढि सक्रिय संक्रमित भएमा पुन ः लकडाउन गर्ने निर्णय गरेको छ । तर, व्यवसायीको हितमा काम गर्न नसकेको व्यवसायीको गुनासो छ । यस्तो अवस्थामा परिस्थितिलाई सहज बनाउन सरकारको भूमिका महत्वपुर्ण भएपनि राज्यको उदाशीनताले व्यवसायी पलायन हुन बाध्य भएका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);