कोरोनाले मादलको व्यापार चौपट | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

कोरोनाले मादलको व्यापार चौपट

काठमाडाैं, २३ कार्तिक । कोरोना संक्रमणको जोखिम नभएको भए यतिबेला तिहारको चहल पहल हुन्थ्यो । साथीभाई जमघट भएर यतिबेला देउसी भैलो खेल्ने तयारीमा हुन्थ्ये । तर यो वर्ष अवस्था फरक छ । कोरोना संक्रमणको जोखिमले अहिले समूहमा खेल्ने, बस्ने अवस्था छैन् । तिहारको समयमा देउसी भैलो खेल्ने अवस्था नभएपछि मादल व्यवसाय पनि चौपट बनेको छ ।

कोरोना संक्रमणको जोखिमका कारण यो वर्ष तिहारमा गाउँका टोलटोलमा मादल बजाएर देउँसी, भैलो खेल्ने अवस्था छैन् । जसको असर मादल व्यवसायमा पनि परेको छ । पोहोर वर्षहरुमा तिहारको बेला भ्याइनभ्याइ हुने मादल व्यवसायीहरु व्यापार नै शुन्य भएपछि अहिले फुर्सदमा छन् । त्यसो त अहिले ठूला चाडपर्व, स्थानीय मेलापर्वमा मादल बजाएर नाचगान गर्ने चलन पनि कम हुँदै गएको छ ।

यद्यपी बसन्तपुर क्षेत्रमा मादलको व्यवसाय गर्दै आएका व्यवसायी रिबो बहादुर कुलु गत वर्षहरुमा ७ सय बढी मादल विक्ने गरेकोमा यो वर्ष ब्यापार निकै कम भएको बताउनुहुन्छ । कोरोना संक्रमणको कारण देउसी खेल्ने अवस्था नभएकाले व्यापार नै ठप्प रहेको उहाँले बताउनुभयो । बजार नभएपनि मूल्यमा भने कुनै परिवर्तन नभएको व्यवसायी कुलुले बताउनुभयो ।

विगत वर्षहरु जस्तै १३ सय रुपैयाँदेखि सुरु भएर मादलको गुणस्तर अनुसार ८, १० हजारसम्मका मादल पाइने उहाँले बताउनुभयो । यो वर्ष कोरोना महामारीले व्यवसाय चौपट भएको बाहाना गर्न पाइने अवस्था भएपनि प्रविधिले भने मौलिक संस्कृतिमाथि नै धावा बोलिरहेको छ । डिजिटल गीत सङ्गीतको कारणले मादल बजाउने परम्परा नै सङ्कटमा पर्न थालेको छ ।

केही वर्षपहिलेसम्म जोर मादल बजाएर आँगनमा देउसी खेल्ने गरेको देखिन्थ्यो तर अहिले समय पनि फेरिएको छ । मादल भन्दा क्यासेट बजाएर देउसी खेल्ने चलनले युवापुस्ता माझ प्राथमिकता पाएको छ । जसका कारण पनि मादलको विक्रि वितरण कम हुँदै गएको छ । युवा पुस्ताबाट आफ्नो मौलिक संस्कृति जगेर्ना हुन नसक्दा व्यापार व्यवसायमा असर त पर्छ नै हाम्रो सभ्यता नै लोप हुने खतरा हुन्छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);