दुधको उचित भण्डारण नहुँदा कृषकहरु सडकमा दुध नष्ट गर्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

दुधको उचित भण्डारण नहुँदा कृषकहरु सडकमा दुध नष्ट गर्दै

प्रकाश नेपाल
पाल्पा, २३ भदौ ।
पाल्पा रामपुरका पशुपालक कृषकहरुद्धारा उत्पादित दुधको उचित भण्डारण गर्न नपाउँदा कृषकहरु सडकमा दुध पोख्न बाध्य भएका छन् । रामपुरको विद्युतमा पटक–पटक विद्युतमा समस्या आएपछि उचित तरिकाले दुध भण्डारण गर्न नपाउँदा पशुपालक कृषकहरु दुध फाल्न बाध्य भएका हुन् ।

यतिबेला पाल्पा रामपुरका पशुपालक कृषकहरु दोहोरो मारमा परेका छन् । एकातिर कोरोना भाईरसका कारण उत्पादित दुध सहज तवरले बजार पु¥याउन सकेका छैनन् । अर्को तिर भण्डारणको समस्या भएको छ । कोरोनाका कारण दिन प्रति दिन बजार साँगुरिँदै गएको छ । दुध बिक्री नहँुदा व्यवसायिक पशुपालन गर्ने सयभन्दा बढी कृषकहरु प्रत्यक्ष रुपमा प्रभावित भएका छन् ।

दैनिक हजार लिटर भन्दा बढी संकलन हुने दुधको बजार स्थानीय बजारदेखि स्याङजा, तनहुँ नवलपरासीका ग्रामिणलाईं समेत समेट्दै आएको छ । तर पछिल्लो पटक दैनिक विद्युतमा समस्या आउन लागेपछि ठूलो परिमाणमा दुध फ्याकिदै आएको छ ।

पशुपालन क्षेत्रको बिस्तार र दायरा फराकिलो बनाउदै दुधलाइ सहकारीेले विविधिकरण गर्नुपर्ने हो । तर, सहकारीले पनि सहजीकरण गर्न सकेका छैनन् । कृषिका लागि खुलेका सहकारी पनि राज्यलाई दोष दिएर पन्छिदै आएको सिताकुण्ड दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष कुमार अर्याल ले बताउनु भयो ।

रामपुरमा स्याङ्जाको गल्याङमा बुटवल पावर कम्पनीले उत्पादन गरेको विद्युत वितरण हुँदै आएको छ । तर, पछिल्लो समय विद्युत वितरणमा समस्या हुँदै आएको छ । कृषकहरुले ल्याएको दुध विद्युत अवरुद्ध भएका कारण फ्रिजमा उचित भण्डारण गर्न नपाउँदा दुध बिग्रिदै आएको छ । यसले गर्दा पशुपालनबाट आत्मनिर्भर बन्ने अपेक्षा गरेका कृषकहरु आफ्नो उत्पादन फाल्न बाध्य भएका छन् ।

पशुपालनको सम्भावाना रहेको रामपुरमा बजारीकरणमा सहकारीले खेलेको भूमिकाबाट उत्साहित भएका कृषकहरु कोरोना तथा विद्युत समस्याले निराश भएका छन् । आफुले मिहिनेत गरी उत्पादन गरेको दुध नष्ट गर्नु पर्दा कृषकहरु आर्थिक भार व्यहोर्न बाध्य भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);