सरकारी छाप दस्तखत किर्ते मुद्दामा मालपोतका पूर्व खरिदार पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८३, आइतबार

सरकारी छाप दस्तखत किर्ते मुद्दामा मालपोतका पूर्व खरिदार पक्राउ

धनगढी, २३ भदौ । कैलालीमा सरकारी छाप दस्तखत किर्ते मुद्दाका एक जना फरार दोषी पक्राउ परेका छन् । कैलालीको गोदावरी नगरापालिका वडा नम्वर ३ बस्ने ६३ वर्षीय ईश्वरी प्रसाद दाहाललाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जिल्ला मालपोत कार्यालय बर्दियामा २०६५ सालमा खरिदार पदमा कार्यरत रहँदा दाहाल सहित दुई जनाले नेपाल सरकारका नाममा रहेको बर्दिया जिल्लाकाा बिभिन्न स्थानका जग्गाको किर्ते कागज पत्र बनाई बिभिन्न मानिसहरु बाट आर्थिक लाभ समेत लिई किर्ते लालपुर्जा बनाएर दिएका थिए ।

सोही मुद्धामा जिल्ला बर्दियाको २०७३ साल मंसिर ३० गतेको फैसलाले उनलाई ३ वर्ष ५ महिला कैद सजाय सुनाएको थियो । तर उनी फरार रहेका थिए । उनलाई आवश्यक कार्वाहीका लागि कैलाली जिल्ला अदालतमा पेश गरिएको प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिनुभयो ।

Leave a Reply

ताजा समाचार