फर्जी लिखित परीक्षा संचालन गर्ने नक्कली इन्सपेक्टर, सहित ५ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

फर्जी लिखित परीक्षा संचालन गर्ने नक्कली इन्सपेक्टर, सहित ५ जना पक्राउ

वीरगंज १५ असोज। लोक सेवा आयोगबाट हुने प्रहरी सहायक निरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक र खरिदारको फर्जी लिखित परीक्षा संचालन गर्ने नक्कली प्रहरी निरिक्षक सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको

बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय विर्ताबाट गएको प्रहरी टोलीले वीरगंज महानगरपालिकाको वडा नं. १६ स्थितमा रहेको देव पार्टी प्यालेसमा छापामारी गरी फर्जी परिक्षा संचालन गर्ने प्रहरी पोसाक मै रहेका नक्कली इन्सपेक्टरसहित ६ जनालाई पक्राउ गरेको हो ।

प्रकाउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–७ चौधरी टोल निवासी २९ वर्षीय अजयकुमार राय नक्कली इन्सपेक्टर, परीक्षा संचालनमा सहयोग गर्ने जितपुर सिमरा उपमहानगरपालिका कै वडा नं ५ बस्ने बर्ष ५७ को हिरालाल महतो, सोही ठाउँका बर्ष २८ को बसन्त चौधरी, वीरगंज महानगरपालिकाको वडा नं १६ बस्ने बर्ष २१ को रवि कुमार चौरसिया, पकाहा मैनपुर गाउँपालिकाको वडा नं ५ सबैठवा बस्ने बर्ष ४७ को शिव नारायण चौरसिया र वीरगंज महानगरपालिका वडा नं. २७ रानीघाट बस्ने बर्ष २५ को रामजी चौरसिया रहेका छन् ।

बारा, पर्सा र सर्लाही समेतका परीक्षार्थी २१ जना सम्मिलित रहेको फर्जी परिक्षा संचालन गरी ठग्गी गर्ने निजहरुलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रक्राउ परेका जितपुरी सिमराका अजय कुमार राय नक्कली प्रहरी निरिक्षक बिभिन्न व्यक्तिहरुलाई फोन गरी बोलाएको, उक्त परीक्षा दिने परीक्षार्थीहरुसंग नेपाल प्रहरी सहायक निरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक र निजामति खरिदार समेतमा जागिर लगाई दिन्छु भनी विगत ९ महिनादेखि प्रहरी चौकी परवानीपुर, ईलाका प्रहरी कार्यालय नगवा पर्सामा गई म प्रहरी निरीक्षक हुँ भनी परिचयसमेत दिदै हिडेको अनुसन्धानबाट खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराबाट २०७२ सालमा सरकारी छाप दस्तखत किर्ते मुद्दामा निजलाई पुर्पक्षको लागि ११० दिन बीरगंज कारागार कैद सजाय भुक्तान गरेको रायलाई प्रहरी निरीक्षक पोशाकमा नक्कली प्रहरी सहायक निरीक्षकको प्रवेश पत्र २ थान, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक पदको प्रवेश पत्र २१ थान, ऐ।को प्रश्न पत्र २६ थान, खरिदारको प्रवेश पत्र १ थान सहित निजलाई प्रहरी निरीक्षक पोशाकमै पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता मनोजित कुंवरले जानकारी दिनुभयाे ।

उक्त परीक्षा परीक्षा दिने बारा कोल्बी न.पा. वडा नं.७ धोधरपा बस्ने बर्ष २१ को राजेश रामसंग रु २० हजार, बीरगंज महानगरपालिका वडा नं२ छप्कैया बस्ने बर्ष २३ को सुनिल महतो, पर्साको बहुदरमाई न.पा.वडा नं.४ बस्ने बर्ष २३ को जितेन्द्र महतो, पर्सागढी न.पा.वडा नं.१ बस्ने वर्ष २६ को रामकिशोर राई थारुसंग रु. एक हजार, बीरगंज महानगरपालिकाको वडा नं.३१ बस्ने बर्ष २६ को सुनिल शर्मासंग रु.२६ हजार, सोही ठाउँ बस्ने बर्ष २७ को सन्तोष रामसंग रु.२५ हजार, बर्ष २६ को अशोक साह तेलीसंग रु.२१ हजार, बीरगंज महानगरपालिका वडा नं.३२ बस्ने बर्ष २५ को राजन कुमार पटेलसंग रु.३५ हजार ठगि गरेको खुलेको छ ।

यस्तै, बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं.७ बस्ने बर्ष २१ को शत्रुधन साह कलवारसंग रु १५ हजार, वडा नं.११ बस्ने बर्ष २८ को राम प्रवेश रामसंग रु.२१ हजार, पर्सा छिपहरमाई गा.पा.वडा नं.१ बस्ने बर्ष १९ को संजय कुमार साहसंग रु.२४ हजार, पकाहामैनपुर गाउँपालिका वडा नं.४ बस्ने बर्ष १९ को राकेश चौरसियासंग रु.१ लाख ५० हजार ९परीक्षामा उतिर्ण भए पश्चात लिने शर्तमा० र बीरगंज महानगरपालिकाको वडा नं.१६ बस्ने बर्ष २० को अरबिन्द कुमार चौरसियासंग रु.२१ हजार गरी जम्मा रु.३ लाख ६१ हजार ठगेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);