ब्राउनसुगर सहित ३ भारतीय नागरिक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

ब्राउनसुगर सहित ३ भारतीय नागरिक पक्राउ

झापा, १६ असोज । खैरो हिरोइन ब्राउनसुगरसहित ३ जना भारतीय नागरिक झापामा पक्राउ परेका छन् । झापा कचनकवल १ बगान एरिया र गौरीगंज गाँउपालिका २ दासचौरीबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बगान एरियाबाट पक्राउ पर्नेमा भारत बिहार किशनगंज सुखानाडिगी पदमपुरका ३२ बर्षीय फरबेद आलम रहेका छन । उनलाई हिजो दिउँसो पौने ४ बजे विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ । आलमलाई प्लाष्टिकमा उनले लुकाइ छिपाई राखेको १४ ग्राम ८९ मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

यसै गरी गौरीगंजबाट पक्राउ पर्नेमा भारत किसनगंज सिंहमारी ग्राम पंचायतका २० बर्षीय मुजफर आलिग र २५ बर्षीय जहागिर आलम रहेका छन । उनिहरुलाइ दासचौरीमा खटिएको प्रहरी टोलीले हिजो राती सँवा १० बजे ८ ग्राम २०० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

पक्राउ परेका तिनै जना भारतीय नागरिक उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);