जापानमा बेरोजगारको सङ्ख्या बढ्याे | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

जापानमा बेरोजगारको सङ्ख्या बढ्याे

काठमाडाैं,१७ असोज । जापानमा बेरोजगारको सङ्ख्या अगस्टमा ३ वर्ष यताकै उच्च देखिएको छ । विश्वभर कोरोनाको असर संगै जापानको अर्थतन्त्रमा प्रतिकूल असर परेको छ साथै व्यापार व्यवसायमा पनि मन्दी छाएको छ । यसको प्रत्यक्ष प्रभाव रोजगारीमा देखिएको हो ।

लक डाउनसहित नियन्त्रणका उपाय अवलम्वन गर्दा यहाँको बेरोजगार दरमा वृद्धि देखिएको हो । जापानमा अगस्टमा बेरोजगार दर ३ प्रतिशत पुगेको सरकारद्वारा सार्वजनिक तथ्यांकमा उल्लेख छ ।

आन्तरिक मामिला र सञ्चार मन्त्रालयका अनुसार देशको बेरोजगारी दर लगातार दोस्रो महिना बढेको हो । गत जुलाईमा बेरोजगार दर २.९ प्रतिशत रहेकोमा यो अगस्टमा बढेर ३ प्रतिशत पुगेको हो । गत वर्षभन्दा यस वर्ष जापानमा ४ लाख ९० हजार बढी व्यक्ति बेरोजगार भएका छन् । यससँगै कुल बेरोजगार संख्या २६ लाख पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);