चीनमा युवा बेरोजगार दर बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

चीनमा युवा बेरोजगार दर बढ्यो

youth

बेइजिङ । हाल चीनमा १६ देखि २४ वर्ष उमेरका करिब २ करोड मानिसहरू विभिन्न सहरमा बेरोजगार रहेका अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ । सीएनएनले हालै त्यसबारे अध्ययन गरेको थियो ।आधिकारिक तथ्यांक अनुसार चीनको शहरी युवा जनसंख्या १ करोड ७० लाख छ । तथ्यांकमा ग्रामीण बेरोजगारी समावेश छैन ।

द हङकङ पोस्टका अनुसार चीनमा युवा बेरोजगारी दर यो वर्ष नयाँ उचाइमा पुगेको छ, । युवा बेरोजगारी दर मार्चमा १५।३ प्रतिशतबाट बढेर अप्रिलमा १८।२ प्रतिशतमा पुगेको छ। अर्को केही महिनासम्म निरन्तर बढ्दै जुलाईमा १९।९ प्रतिशतमा पुगेको थियो । अगस्टमा यो दर थोरै घटेर १८।७ प्रतिशतमा झरेको थियो । तर , बेरोजगार दर अझै पनि अहिलेसम्मकै उच्च रहेको राष्ट्रिय तथ्यांक विभागको तथ्यांकले देखाएको छ ।

कोभिडका कारण सृजित बेरोजगारीका कारण हरेक पाँचमध्ये एक जना सक्षम चिनियाँ कामबाट बञ्चित छन् । चीनमा सञ्चालित शीर्ष कम्पनीहरूले आफ्ना कर्मचारीहरूलाई निकाल्दा देशले आर्थिक गिरावटको सामना गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);