अकबरे खुर्सानीका फाईदा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

अकबरे खुर्सानीका फाईदा

काठमाडौं १७, असोज । नेपाललाई विश्व सामु परिचय बनाउने अकबरे खुर्सानी स्वास्थ्यका लागि निकै फाईदाजनक रहेको छ । यो खुर्सानी संसारमा कहीँ पनि नपाइने, कतै पाइहाले पनि नेपालको जस्तो पिरो र स्वादिलो पाइँदैन । आवश्यकताभन्दा बढी खाएमा ज्यान समेत जाने हुनाले पहाडतिर यसलाई ज्यानमारा खुर्सानी भनिएको हो ।

नेपाली समाजमा अकबरे खुर्सानीलाई ग्याँस्ट्रिकको दबाइ भनेर नै चिनिन्छ । नेपालका प्रायः सबै भू-भागमा अकबरे खुर्सानीको खेती हुने भए तापनि पहाडी जिल्लाहरूमा राम्रो उत्पादन हुन्छ । नेपालको पूर्वी पहाडी जिल्ला इलाम, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, भोजपुर लगायतका जिल्लामा यसको उत्पादन धेरै हुने गर्छ ।

तेह्रथुमबाट २०७५ सालमा ६ करोडको डल्ले खुर्सानी निर्यात गरिएको थियो । भारतका विभिन्न स्थानमा निर्यात गरिने यो खुर्सानी बहुप्रयोजनका लागि हुनाले बजार सहज पाइन्छ । प्रतिकेजी ३०० देखि ४५० सम्ममा बिक्री हुने हुँदा किसानहरु पनि यो नगदे बालीमा आकर्षित भएका छन ।

खुर्सानीको वैज्ञानिक नाम क्याप्सिकम फ्रुटेसेन्स हो भने यसलाई अंग्रेजीमा रेड सभिना पेपर हवानो पेपर अर्थात् भनेर चिनिन्छ । अन्य खुर्सानीको तुलनामा यो खुर्सानीको अलि भिन्न स्वाद हुने हुँदा जसरी खाँदा पनि उत्तम मानिन्छ । जिब्रोलाई पिरो लागे तापनि अन्य खुर्सानीले जस्तो यो खुर्सानीले पेटमा कुनै असर गर्दैन ।

अकबरे खुर्सानी नियमित सेवन गर्दा स्वास्थ्यलाई हुने फाइदा :

१. खाना पचाउने काममा विशेष सहयोग हुन्छ ।
२. माइग्रेनको समस्या समाधानका लागि पनि यो खुर्सानी अति उत्तम मानिन्छ ।
३. नियमित यो खुर्सानी सेवन गर्नाले केही हदसम्म क्यान्सर लाग्नबाट जोगिन सकिन्छ ।
४. कोल्ड फ्लुबाट बचाउन पनि धेरै हदसम्म मद्दत पुग्छ ।
५. हाड जोर्नीमा हुने दुखाइ कम गराउन पनि यो खुर्सानी नियमित खान सकिन्छ ।
६. कार्डियोभास्कुलर र हार्टको समस्या हुनबाट जोगाउनमा पनि अकबरे निकै फाइदाजनक सावित छ ।
७. डाइबिटिज हुनबाट जोगाउन विशेष भूमिका खेलेको हुन्छ ।
८. शरीरमा रेड ब्लड सेल बढाउन विशेष मद्दत गर्छ ।
९. रगतमा चिनीको मात्रा घटाउन मद्दत पु¥याउँछ र सुगर रोगबाट बचाउन मद्दत गर्छ ।
१०. ग्याँस्ट्रिक तथा अल्सर रोग निदान हुन मद्दत गर्छ ।
११. पिसाब सम्बन्धी समस्या कम गराउन सहयोग गर्छ ।
१२. अकबरे हालेर पकाएको खाना किटाणु रहित हुने हुँदा कुनै पनि तरकारीमा थोरै भए पनि यो खुर्सानी हाल्नु राम्रो मानिन्छ ।
१३. थकाइपन घटाएर शरीर चङ्गा बनाउन विशेष भूमिका खेलेको हुन्छ तसर्थ अल्छी लागेका बेला अकबरे खुर्सानी र नुन पिनेर कुनै पनि चिजसँग खान सकिन्छ ।
१४. यो खुर्सानीमा क्याप्सिसिन पाइन्छ जसका कारण पेट सम्बन्धी मात्र होइन, अन्य रोगीलाई समेत फाइदा हुन्छ ।
१५. एलर्जी हुनबाट जोगाउन धेरै हदसम्म मद्द गर्छ ।

नेपालबाट अकबरे खुर्सानीको अचारजन्य परिकार बनाएर अमेरिका तथा युरोपका विभिन्न मुलुक, अस्ट्रेलिया र मलेसिया लगायतका देशहरुमा निर्यात हुँदै आएको छ । साथै यो खुर्सानी ग्याँस्ट्रिक तथा चिसो लागेका मानिसको लागि औषधिको रुपमा पनि प्रयोग हुँदै आएको पाइन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);