डडेल्धुराका किसानहरु अकबरे खुर्सानी खेतीतर्फ आकर्षित | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

डडेल्धुराका किसानहरु अकबरे खुर्सानी खेतीतर्फ आकर्षित

akabare khursani2

विमल जैरु
डडेल्धुरा, १७ असोज । डडेल्धुराका किसानहरु अकबरे खुर्सानीको व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन् । सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुराका एक कृषकले बषौदेखि बाँझो रहेको करिब चार रोपनी जमिनमा अकबरे खुर्सानीको व्यावसायीक खेतीथालेपछि अन्य किसानहरुपनि यसतर्फ आकर्षित भएका हुन । खुर्सानी खेतीबाट गर्जाे टार्न सहन भएको किसानको भनाई छ ।

तरकारीसँगै मसाला र ग्याष्ट्रिक रोगको औषधी मानिने अकबरे खुर्सानीको खेती डडेल्धुरामा फस्टाउन थालेको छ । डडेल्धुराका किसानहरुले व्यवसायिक रुपमा अकबरे खुर्सानीको खेती गरेर एकै सिजनमा करिब अढाईसय किलो उत्पादन गरेका छन् । अकबरे खुर्सानी बिक्रिका लागि बजारको पनि समस्या नभएकाले कृषकहरु यसतिर झने आकर्षित भएका छन् । डडेल्धुराको अकबरे खुर्सानी राजधानी काठमाडौँ सम्म पुग्ने गरेको कृषकको भनाई छ ।
akabare khursani1
किसानहरुले इलामबाट अकबरे खुर्सानीको बिउ ल्याई खेती गरि रहेका छन् । अकबरे खुर्सानी खेतीका लागि डडेल्धुरा जिल्लाको निकै राम्रो मानिन्छ । अत्याधिक सम्भावना बोकेको भएपनि अहिले डडेल्धुराकोे रुपाल क्षेत्रका केही किसानहरुले मात्र अकबरे खुर्सानीको खेति सुरु गरेका छन् । व्यवसायिक रुपमा अमरगढी नगरपालीका वडा नम्बर ८ का कृषकले अकबरे खुर्सानीको खेती सुरु गरेका हुन् । त्यसपछि डडेल्धुराको अकबरे खुर्सानीको माग जिल्ला बाहिर पनि हुन थालेको कृषकको भनाई छ ।

डडेल्धुरा जिल्लामा अकबरे खुर्सानीका लागी हावापानी मौसम राम्रो भएको हुँदा अब जिल्लामै बिउ उत्पादन गरी किसानलाई बितरण गर्ने कृषि ज्ञान केन्द्र डडेल्धुराले जनाएको छ ।

विभिन्न रोगहरुको पनि उपचार पद्धतिसँग जोडिएको,खेतिका लागि धेरै परिश्रम गर्नु नपर्ने नगदे वाली अकबरे खुर्सानीको खेती बिस्तार र विकास गर्न सके जंगली जनाबरको आक्रमणबाट पनि सुरक्षित यो खेती डडेल्धुराको पहिचान र नमूना कृषि उपज बन्न सक्ने प्रचुर संभावना छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);