खाद्य संस्थानको कार्यालयमा खसि-बोका विक्रि वितरणको चाप | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

खाद्य संस्थानको कार्यालयमा खसि-बोका विक्रि वितरणको चाप

प्रमिला भण्डारी
काठमाडौं, १७ असोज । सरकारले चाडपर्वलाई लक्षित गरि २ हजार च्याङग्रा र १ हजार खसीबोका सहुलियत मुल्यमा नेपाल खाद्य संस्थानको कार्यालयबाट विक्रि वितरण गरिरहेको छ ।

शुक्रबारसम्ममा ७ सय ५० च्याङ्ग्रा र ९ सय ८० वटा खसीबोका विक्रि भईसकेको छ । संस्थानले चाडपर्वमा उपभोक्तालाई सहज होस भनेर लागत मुल्य भन्दा सस्तोमा विक्रि वितरण गरेको बताएको छ ।

संस्थानले खसीबोका किसानबाट प्रतिकेजी ५ सय ७० मा किनेर उपभोक्तालाई ५ सय ५० मा विक्रि गरिरहेको जनाएको छ । त्यस्तै च्याङग्रा प्रतिकेजी ७ सय ३० रुपैयाँमा विक्रि भईरहेको छ ।

उपभोक्ताको आकर्षण बढि भएकोले लक्ष्य भन्दा बढि विक्रि भएपछि खसीबोका पुन थप गर्नुपरेको संस्थानको भनाई छ । चाडपर्वमा हुने गरेको कालोबजारी तथा मुल्य बृद्धिलाई नियन्त्रण गर्ने उदेश्यले लागत मुल्य भन्दा कम मुल्यमा विक्रि गरेको संस्थानको भनाई छ ।

अन्य स्थानमा भन्दा सस्तो पाउने भएकाले उपभोक्ताहरुले संस्थानमा गई खसीबोका र च्यांग्रा खरिद गर्दै आएका छन् । संस्थानले चाडपर्वमा हुने कालोबजारी रोक्नुका साथै सहुलियत मुल्यमा विक्रि गरेको भन्दै उपभोक्ता खुसी भएका छन् ।

संस्थानमा खसीबोका सकिएपछि उपभोक्ता अन्य स्थानमा गएर किन्न बाध्य भएका छन् । संस्थानमा सहुलीयतमा पाईने भए पनि त्यहाँ खसीबोका सकिए पछि अन्य ठाउँबाट भए पनि किन्नै पर्ने बाध्यता रहेको उपभोक्ताको भनाई छ ।

चाडपर्वको समयमा अन्य समय भन्दा बढि विक्रि हुने गरेको व्यसायीले बताएका छन् । अन्य समयमा ४० प्रतिशत विक्रि हुने गरेकोमा अहिले ८० प्रतिशतसम्म व्यापार हुने गरेको छ ।

खाद्य संस्थानमा प्रतिकेजी ५ सय ५० मा पाईने खसीबोका अन्य ठाउँमा भने ६ सय ५० प्रतिकेजी रहेको छ । त्यस्तै संस्थानमा ७ सय ३० रहेको च्याङग्रा अन्य ठाउँमा ७ सय ५० प्रतिकेजी रहेको छ ।

गत वर्षको तुलनामा यस वर्ष खसीबोका विक्रि बढि भएको छ । संस्थानले कृषकलाई प्रोत्साहन गर्नको लागी विदेशबाट आयात नगरी स्वदेशि खसीबोका तथा च्याङगा्र खरीद गरि विक्रि गरिरहेको छ ।

त्यस्तै उपभोक्तालाई प्रोत्साहन गर्नको लागी सहुलीयत मुल्यमा विक्रि गरेको जनाएको छ । संस्थानले मुस्ताङबाट च्याङगा्र तथा खसीबोका, दाङको तुलसीपुर तथा विरगञ्जबाट ल्याएर विक्रि गरेको हो । संस्थानले पुशु चिकित्सकहरुबाट स्वास्थ्य परिक्षण गराएर मात्र विक्रि गर्ने हुनाले गुणस्तरीयताको बारेमा संका गर्नु नपर्ने जनाएको छ । तर यस बाहेकका विक्री स्थलहरुमा भने गुणस्तरीयता र मूल्य मनलाग्दी हुने गरेको गुनासो आइरहेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);