विपक्ष दलका सांसदहरुलाई गृहमन्त्रीले भनेः आफू जनताको सेवा नगर्ने अनि मलाई स्टन्टबाज भन्ने ? | ईमाउण्टेन समाचार

Our Network

भदौ २१ २०८३, सोमबार

विपक्ष दलका सांसदहरुलाई गृहमन्त्रीले भनेः आफू जनताको सेवा नगर्ने अनि मलाई स्टन्टबाज भन्ने ?

काठमाडौं ।

गृहमन्त्री सुधन गुरुङले आफू स्टन्टबाजी गर्न सरकारमा नआएको बताउनुभएको छ ।गणेश नेपाली मृत्य प्रकरणबारे जानकारी दिन शुक्रवार संसदमा रोष्टममा समय लिएर पुग्नुभएका उहाँले उक्त घटनामा कति जना अस्पताल पुग्नुभयो ? भनि विपक्ष दलका सांसदहरुलाई प्रश्न पनि गर्नुभयो । ठाउँमा पुगेर जनताको सेवा गर्न नसक्ने तर सदन जनताको सेवा गर्छु भनेर चिच्याएर मात्रै नहुने गृहमन्त्री गुरुङको भनाई थियो । उहाँले आफूहरुले ठाउँमा गएर जनताको सेवा गर्दा त्यसलाई विपक्ष दलका सांसदहरुले स्टन्टबाजी भनेकोमा आपत्ति जनाउँदै आफूलाई कुनैपनि कुरामा स्टन्टबाजी गर्ने इच्छा नभएको बताउनु भयो ।

आफूहरु देशको सेवा गर्न आएको र देशलाई दुर्घटनामा जान नदिन सावधानीपूर्वक काम गरिरहेको गहृमन्त्री गुरुङको दाबी थियो ।गृहमन्त्री गुरुङले जनताको सेवा गर्छु भनेर मुखले भनेको पचासौ वर्ष बितिसक्दा पनि केही नभएर भन्दै विपक्ष दलका सांसदहरुप्रति कटाक्ष पनि गर्नुभयो ।–

Leave a Reply

ताजा समाचार