जनता कोरोनाको महामारीमा, नेताहरु सत्ताको लुछाचुँडीमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

जनता कोरोनाको महामारीमा, नेताहरु सत्ताको लुछाचुँडीमा

काठमाडौं । मुलकमा अहिले सम्म तीन लाख ७ हजार ९ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ती मध्ये सकृय संक्रमितको संख्या २६ हजार २ सय २५ जना रहेको छ । कोरोनाकै कारण अहिलेसम्म ३ हजार १ सय ९४ जनाको मृत्यु भई सकेको छ । गत बर्षको चैतमा दुई जनामा कोरोना संक्रमण देखिनासाथ सरकारले देशब्यापी लकडाउनको घोषणा गरेर मृत्यु दर घटाउन प्रयास गरेको थियो । तर, यतिबेला मुलुक कोरोनाको दोश्रो लहरका साथै डबल म्युटेण्ट भेरियण्टको महामारीको शिकार बन्न पुगेको छ । संक्रमण दिन दुना रात चौगुना बढ्न थाले लगत्तै सरकारले सावधानी अपनाउँदै प्रभाव विस्तार भएका क्षेत्रलाई ताकेर कोरोना संकटकालको घोषणा गरेको छ ।

सरकारी तथ्यांक अनुसार पनि यतिबेला कोरोनाको विस्तारले ब्यापक रुप लिईरहेको छ । जसकारण आम नागरिकमा भय एवं त्रासको स्थिती सिर्जना हुन पुगेको छ । बाँकेमा संक्रमितको सेवामा संलग्न ६० जना स्वास्थकर्मी आफैं संक्रमित भएको घटनाले अन्य भेगका स्वास्थकर्मी समेत संक्रमितको सेवाबाट भाग्नु पर्ने स्थिती छ । आएदिन संक्रमितको मृत्युका खबर स्वयं सरकारले नै सुनाउँदै आएको छ । भएका सिमित श्रोत र साधनको सदुपयोग गरि महामारीको यो सन्त्रासबाट जनतालाई मुक्त गर्न सरकार र मुलुकका राजनैतिक दलहरुबिच हातेमालोको आबश्यकता छ यतिबेला ।

सरकार नपुगेका ठाउँमा राजनैतिक दल र तिनका नेता कार्यकर्ताहरु पिडित जनताको सेवा र उध्दारमा लाग्नु आजको पहिलो सरोकार बन्नु पर्ने स्थिती पनि हो यो । मुलुकमा महामारीका रुपमा फैलिएको कोरोनाबाट नागरिकको जीवन रक्षा गर्न सबै विवाद र असन्तुष्टिलाई सामान्य अबस्थामा जाहेर गर्ने गरि सरकारसँग हातेमालो गर्ने, संकटका बेला संघीय अभ्यासको अनुभूति दिलाउने र प्रदेश संरचनालाई बलियो बनाउने जस्ता काममा यतिबेला मुलुकका राजनैतिक दलको ध्यान केन्द्रीत हुनुपर्ने थियो । तर यसको ठिक विपरित जनता त्राही त्राही गरिरहेका छन्, राजनैतिक दलका केन्द्रदेखि प्रदेशसम्मका नेताहरु भने सिनोमा गिध्द मडारिएझैं सत्ताको सिनो लुछाचुँडी गर्ने होडमा लागेकाछन् ।

सत्तासुीन दल र प्रतिपक्ष यतिबेला जनताका सबै सरोकारलाई भडखालामा फ्याँकेर सत्ता र शक्ती केन्द्रीत झगडामा सामेल भएकाछन् । जनताको विश्वास र आस्था जितेर आएका सांसदहरु यतिबेला सब्जिमण्डीमा बेच्न राखिएको आलुजस्त सौदावाजीका बस्तुमा परिणत भएकाछन् । बिगतमा संसदभित्र देखिएको सत्ताको हानाथापसँगै सांसदहरुलाई अपहरणको शैलीमा बैंककका गल्लीमा खुलेआम चल्ने रात्रीकालिन शोमा पाहुना बनाउने प्रवृतीले संसदीय परम्पराकै हुर्मत लिएको थियो । र बिगतमा त्यो प्रवृतीको विरोधमा खेलेरै लागेका नेतानहरु यतिबेला सांसदहरुलाई होटेलमा थुनेर आफ्नो पक्षलाई सुरक्षित बनाउने घृणीत खेलमा सकृय बनेर लागेको देख्दा मुलुकको राजनीतिमा फैलिएको विकृती टुलुटुलु हेर्नु नेपाली जनताको नियती नै बनेको छ ।

केन्द्रीय राजनीतिमा रहेको नेताहरुको सत्ताको लुछाचुँडीकै परिणाम उनका सेनामेना यतिबेला प्रदेश र स्थानीयतहमा समेत बिग्रहको खेती गोड्न लागि परेको सप्ष्ट हुँदै गएको छ । दलहरु जनतासँग सरोकार राख्ने आफ्ना सबै दायित्वलाई पाखा लगाएर राजनीतिक सत्ता हत्याउने ललासामा वशीभुत भएकाछन् । यतिबेला प्रदेश स्तरको राजनीति अस्थिर बन्दै गएको छ । पछिल्लो समय कर्णलीबाट ओह्रालो लागेर लुम्बिनी छिरेको राजनीतिक ताण्डव यतिबेला गण्डकीमा मञ्चन भईरहेको छ ।

गएको सोमबार मात्र पोखरामा कास्कीका दुई र स्याङ्जाका एक कोरोना संक्रमितको मृत्यु भयो । कोभिड–१९ को संक्रमण भएर अवस्था गम्भीर हुँदा पनि अस्पतालमा बेड नपाउनेहरुको संख्या त्यतिकै छ । तर जनताका प्रतिनिधिहरुको थलो प्रदेशसभामा भने त्यही दिनबाट वर्तमान मुख्यमन्त्रीका ठाउँमा अर्को मुख्य मन्त्री बनाउने खेल शुरु भयो । महामारीका कारण ज्यान गुमाउनेका घरमा रुवावासी चलिरहँदा पोखराका गल्लीमा भने सत्ताको भोरजुवा चलिरहेको थियो ।

पाँच वर्षका निम्ति बनेका प्रदेश सरकारहरू तीन वर्ष पुग्दैमा अहिले जसरी परिवर्तनको प्रयास भइरहेको छ, त्यसलाई केन्द्रीय सत्तामा चलेको फोहोर खेलको बाछिटा भन्न सकिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);