नेपालगञ्जमा थप २३३ जना कोरोना संक्रमित | ईमाउण्टेन समाचार

Our Network

चैत २८ २०८०, बुधवार

नेपालगञ्जमा थप २३३ जना कोरोना संक्रमित

नेपालगञ्ज । नेपालगञ्जमा थप २३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

भेरी अस्पतालका अनुसार २ सय ८८ जनाको पीसीआर जाँच गर्दा २ सय ३३ जनामा संक्रमित भएका छन्। अस्पतालले वैशाख १३ गते स्वाब परिक्षण लिएको हो।

कोरोना संक्रमित मध्य १ सय ३९ पुरुष र ९४ जना महिला रहेका छन्। नेपालगञ्ज मेडिकल कलेज, बागेश्वरी ल्याब र नेपालगञ्ज नाकामा गरिएको पीसीआआर जाँचको रिपोर्ट भने आइसकेको छैन।

नेपालगन्जको भेरी अस्पतालमा कोरोना संक्रमित बढेसँगै अक्सिजनको माग बढ्दै गएपछि अभाव हुन थालेको छ । सहयोगी दाताहरुले अक्सिजनको अभाव हुन नदिन सहयोग गर्ने कार्य जारी राखेका छन् ।

यो पनि पढ्नुहोस

भेरी अस्पतालमा संक्रमितको उपचारका लागि अक्सिजन अभाव

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);