सरकार ढुंगाजस्तै मौन भयो, नागरिकको पीडा समेत सुनुवाई भएनः सांसद रम्तेल | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८३, शुक्रबार

सरकार ढुंगाजस्तै मौन भयो, नागरिकको पीडा समेत सुनुवाई भएनः सांसद रम्तेल

काठमाडौं ।

श्रम संस्कृति पार्टीकी सांसद राधिका रम्तेलले ढुंगा जस्तै मौन भएको भन्दै सरकारको आलोचना गर्नु भएको छ । शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले सरकारले जनप्रतिनिधिहरुको आवाज सुन्नुपर्ने संवैधानिक दायित्व समेत पूरा नगरेको आरोप समेत लगाउनु भयो । सांसद रम्तेलले प्रधानमन्त्री बालेन्द्र साहको राष्ट्रघाती अभिव्यक्ति सच्याउनुपर्ने आफूहरुको माग समेत अझै सुनुवाई हुन नसकेको गुनासो समेत गर्नुभयो ।सांसद रम्तेलले गणेशी नेपालीको मृत्यको खबरले सिँगो देशलाई स्तब्ध बनाएको उल्लेख गर्दै पीडित परिवारलाई तत्काल राहतको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराउनु भयो ।

Leave a Reply