राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले प्रतिनिधि सभाको ‘शुन्य समय’ मा उठाइएका जनसरोकारका विषयहरूलाई सरकारले बेवास्ता गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।
सदनमा सांसदहरूले उठाएका गम्भीर मुद्दाहरू कार्यान्वयनमा नआएको खण्डमा शुन्य समयको औचित्य नरहने उहाँको तर्क छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खरेलले तामाकोसी आयोजनाको छानबिन र भेडपुका सुकुम्बासीको जग्गा सम्बन्धी समस्या लगायतका विषयमा पटक–पटक कुरा उठाउँदा पनि सरकारले कुनै सुनुवाई नगरेको बताउनु भयो । उहाँले वर्षायाम शुरु हुन लाग्दा समेत पीडितका समस्या समाधानतर्फ सरकारको ध्यान नगएकोमा असन्तुष्टि व्यक्त गर्नुभयो । शुन्य समयमा उठेका कुराहरू क्यामेराले खिचेर रेकर्ड गर्न मात्रै हो कि कार्यान्वयनमा ल्याउन पनि हो ? भन्दै उहाँले प्रश्न गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘यदि क्यामेरामा रेकर्ड मात्र गर्ने र सुनुवाइ नगर्ने हो भने यो शून्य समय बन्द गरियोस्। होइन भने, यहाँ उठाइएका विषयहरूलाई सम्बोधन गर्न एक शक्तिशाली आयोग वा समिति गठन गरेर तत्काल कार्यान्वयनको प्रक्रियामा लगियोस् ।’
सदनमा सांसदहरूले उठाएका मागप्रति सरकार अनुत्तरदायी बन्दा यसअघि सांसद हरि ढकालले ‘मौन धारण’ गरेर विरोध जनाउनु परेको प्रसङ्ग उल्लेख गर्दै खरेलले पुनः त्यस्तो परिस्थिति सृजना हुन नदिन सरकारलाई सचेत गराउनु भयो । उहाँले जनसरोकारका मुद्दाहरूमा सरकारलाई गम्भीर बन्न र सदनको गरिमा कायम राख्न विशेष ध्यानाकर्षण गराउनुभएको छ ।
शुन्य समयमा उठेका विषय कार्यान्वयन नभए ‘जिरो आवर’ बन्द गर्न सांसद खरेलको माग
ताजा समाचार
श्रमशक्ति पार्टीको प्रश्नः केन्द्रिय सरकार खोई ?
१ घन्टा अघि




