बिहीबारको प्रतिनिधिसभाको शुन्य समयमा कसले के भने? | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

बिहीबारको प्रतिनिधिसभाको शुन्य समयमा कसले के भने?

सांसद विरोध खतिवडा

काठमाडौं, २३ जेठ । सांसदहरुले शुन्य समयमा उठेका आवाजको सरकारबाट सुनुवाई नभएको भन्दै शुन्य समयलाई प्रभावकारी बनाउन सभामुखको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको विहीबारको बैठकको शुन्य समयमा बोल्दै सत्तारुढ दल नेकपाका सांसद विरोध खतिवडाले शुन्य समयमा उठेका विषयहरुको सम्बोधन नभएको भन्दै सभामुखको ध्यानाकर्षण गराउनुभएको हो ।

उहाँले संसदका आवाजलाई सरकारले व्याकरणको कानले सुन्ने सुन्य समय हुनुपर्नेमा अंकगणितको शुन्य समय भएको भन्दै सभामुखको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो “शुन्य समयको आसय मनसाय चाँही संसदको आवाज सरकारले सुन्ने व्याकरणको कानले सुन्ने हो तर गल्तीबस नियमावलिमा अंक गणितको शुन्य समय भएछ माननिय सभामुखज्यू, अनि शुन्य मै यो हराए जस्तो लाग्यो । त्यसका बाबजुत पनि शुन्य पनि अत्यन्तै शक्तिशाली छ माननिय सभामुख ज्यू, एउटा सहारा पायो भने दश गुना पावरफुल हुन्छ । १ को पछाडि शुन्य थपिदिनोस् १०, दशको पछाडि थपिदिनोस् सय, सयको पछाडि शुन्य हजार । हजारको दशहजार लाख हुन्छ । सभामुख सहारा भएर उभिदिनोस् हामी एक एक वटा शुन्य थपिएर दशगुणा पावरफुल हुन्छौ । त्यसपछि शुन्य समयको पनि अर्थ होला माननिय सभामुख ज्यू ।”

सांसद लक्ष्मी परियारले संसद सचिवालय सिंहदरबारका कर्मचारीले तलब सुविधाको अतिरिक्त ५० प्रतिशत प्रोत्साहन प्राप्त गरेको तर संसद भवन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीले नपाएको भन्दै समान व्यवहार गर्न सचिवालयको ध्यानाकर्षण गराउनुभयो । उहाँले लोकसेवा आयोगको विज्ञापनमा समावेशी समानुपातिक प्रणाली नअपनाईएको भन्दै के समानुपातिक समावेशी अन्त्य भएको हो ? भनि प्रश्न गर्नुभयो ।

सांसद बिमला विश्वकर्मा र सरवत आरा खानमले लोकसेवा आयोगले आव्हान गरेको विज्ञापन संविधानको मर्म र भावना विपरित भएको भन्दै यथासिघ्र खारेज गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद लालकाजी गुरुङले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको २० अर्ब २६ करोड रुपैयाँ बेरुजु भएको देखिएपछि महालेखा परीक्षकको कार्यालयले वेरुजु फर्स्यौट गर्न ताकेता गर्दै गर्दा मन्त्रालयले फेरी गोष्ठी गर्ने भनेर करिब २० लाख खर्च गर्न लागेको भन्दै मन्त्रालयभित्रको भ्रष्ट्राचारप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद बोधमाया कुमारी यादवले धान खेती लगाउने समय नजिकिंदै गर्दा किसानले मल र बिउविज नपाएर समस्यामा परेको तर मलखाद खरिदका लागि आएको १ अर्ब रुपैयाँ फ्रिज हुने अवस्थामा पुगेको भन्दै मलखाद र बिउबिजनको पर्याप्त व्यवस्था मिलाउने काम गर्न कृषि मन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

सांसद सितादेवी यादवले वृद्धभत्ताका लागि ७० बर्ष बाट ६५ बर्ष कायम गर्न र पुर्ववर्ती सरकारले घोषणा गरेको ४ वटा गम्भीर रोगका विरामीलाई ५ हजार दिने घोषणालाई लागु गर्न सरकारसंग माग गर्नुभयो ।

सांसद सुजाता परियार र सांसद हिरा गुरुङले इटहरी उपमहानगरपालिका मेयर द्वारिकालाल चौधरीबाट संचारकर्मीमाथि भएको दुर्व्यवहारप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद गुरुङले पत्रकारलाई दुर्व्यवहार गर्ने प्रमुखलाई तत्काल कानुनी कारवाही गर्न माग गर्नुभयो ।

सांसद सुदन किरांतीले बेलायती गोर्खा भूपू सैनिकका समस्यालाई राष्ट्रकै समस्याको रुपमा लिएर प्रधानमन्त्रीले आफ्नो बेलायत भ्रमणको क्रममा सो समस्या सम्बोधनका लागि पहल गर्न माग गर्नुभयो ।

सांसद सूर्य प्रसाद पाठकले धौलागिरी अंचलको कालीगण्डकी नदीमा मध्यरातमा नियम विपरित बालुवा निकाल्ने काम भईरहेको भन्दै प्रकृतिको दोहान रोक्नका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद संञ्जय कुमार गौतमले पर्यटन प्रवर्द्धनका लागि नेपालगञ्ज विमानस्थललाई प्रवर्द्धन गरी नेपालगञ्ज–दिल्ली र नेपालगञ्ज–पोखराको उडान गर्ने प्रतिवद्धता गत बर्ष नै सरकारले जाहेर गरेपनि त्यस सम्बन्धी पहल नभएको भन्दै तत्काल विमानस्थल प्रवर्द्धन गर्ने काम गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद ज्ञानेन्द्र बहादुर कार्कीले सुनसरीको चक्रघट्टीस्थित बस्तीलाई स्मार्ट सिटीको रुपमा विकसित गर्न माग गर्नुभयो ।

यसअघि बैठकको सुरुमै समय लिएर बोल्दै सांसद मिना सुब्बाले सुनसरी क्षेत्र नम्बर १ उपमहानगरपालिका धरानमा डेंगुको प्रकोप बढेर नियन्त्रण बाहिर गएको भन्दै सभामुख मार्फत सम्बन्धीत मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);