बजेट कागजको घोडा जस्तै : बालकृष्ण खाँड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

बजेट कागजको घोडा जस्तै : बालकृष्ण खाँड

बालकृष्ण खाँड

काठमाडौं, २३ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले बजेटलाई कागजको घोडाको संज्ञा दिनुभएको छ । प्रतिनिधिसभाको विहीबारको बैठकमा आगामी आर्थिक बर्ष २०७६/७७ को बजेटमाथिको छलफलमा सहभागि हुँदै उहाँले बजेट कागजको घोडा जस्तै भएको टिप्पणी गर्नुभएको हो । पूँजीगत खर्च र विकास खर्च भन्दा चालु खर्च बढी भएको ऋणात्मक बजेटले मुलुकको सम्मृद्धि हासिल गर्न नसक्ने दाबी उहाँले गर्नुभयो ।

उहाँले भन्नुभयो “कागजको घोडा जस्तै बजेट । न यसले घाँस र दाना खाला, न यसले सवारी बोक्न सक्ला ? ऋणात्मक खालको बजेट जो पूँजीगत खर्च गर्ने सकेको छैन । पूँजीगत खर्च गरेर शान्ति र समृद्धि ल्याउनुपर्यो नि । पूँजीगत खर्च गर्न नसक्ने, विकास खर्च गर्न नसक्ने । बजेट वृद्धि हुने, विकासमा वृद्धि नहुने, चालु खर्चमा वृद्धि हुने, चालु खर्च नपुग हुने, विकास खर्च गर्नै नसक्ने । त्यसैले यो कागजको घोडा भयो । कागजको घोडा दौडाएर कहीँपनि पुग्दैन । पोहोरसाल कागजको घोडा अलि सानो थियो । यसपाली कागजको घोडा अलि ठुलो भएछ । अझै ठुलो बनाईदिएको भएपनि हुन्थ्यो । ठूलो बनाएको भए सायद पानी जहाज आउँथ्यो होला । रेल आउथ्यो होला । जनतालाई पानी जहाज र रेल चढ्ने इच्छा छ । देशभित्रै पानीजहाज चढ्ने इच्छा छ । त्यो इच्छा पुरा गथ्र्यो होला तर यो कागजको घोडाले त्यो इच्छा पुरा गर्ने भएन । त्यसो भएर दुख लाग्या छ ।”

संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई आत्मसाथ गरेपनि बजेटले संघीयताको आधारशिलालाई नमानेको टिप्पणी उहाँले गर्नुभयो । उहाँले समाजवाद हँदै साम्यवाद उन्मुख हुने बताउने सरकारको बजेट समाजवाद हुँदै पूँजीवाद उन्मुख भएको दाबी गर्नुभयो ।

कर्मचारीको तलब वृद्धि भएपनि वृद्धिदरको अनुपातमा समानता कायम नभएको टिप्पणी उहाँले गर्नुभयो । उहाँले वृद्ध भत्ताका लागि ७० बर्षबाट ६५ बर्षमा कायम गर्ने निर्णय पुर्ववर्ती सरकारले गरेको भन्दै सोही मापदण्ड लागु गर्न आग्रह गर्नुभयो ।

त्यसैगरी उहाँले पुर्ववर्ती सरकारले स्पाईनल कर्ड इन्जुरी, मटु, मिर्गाैला र क्यान्सर रोगका विरामीलाई निर्वाह मुखि भत्ताका लागि प्रतिमहिना ५ हजार दिने कार्यक्रमलाई बजेटमा समावेश गर्न माग गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);