कार्यान्वयन पक्ष कमजोर हुँदा पूँजीगत खर्च बढाउन चुनौतिपूर्ण : डा. प्रकाश श्रेष्ठ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

कार्यान्वयन पक्ष कमजोर हुँदा पूँजीगत खर्च बढाउन चुनौतिपूर्ण : डा. प्रकाश श्रेष्ठ

काठमाडौं, २१ कार्तिक । अर्थमन्त्री विष्णु पौडेलका आर्थिक सल्लाहकार डा. प्रकाश श्रेष्ठले पूँजीगत खर्च बढाउन चुनौति रहेको बताउनुभएको छ । अधिकांश आयोजनाहरुको कार्यान्वयन पक्ष कमजोर रहेकाले बजेट खर्च बढाउन चुनौति रहेको श्रेष्ठले बताउनुभएको छ ।

शुक्रबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै आर्थिक सल्लाहकार श्रेष्ठले अधिकांश आयोजनाहरुको कार्यान्वयन पक्ष कमजोर हुँदा पूँजीगत खर्च बढाउन चुनौतिपूर्ण रहेको बताउनुभएको हो । अहिले पनि तीन वटै तहका सरकारले विभिन्न आयोजनामा खर्च गर्नुपर्ने २ खर्ब भन्दा बढी रकम खर्च हुन नसकेकोले चुनौति रहेको बताउनुभयो ।

पूँजीगत खर्च बढाउने तर्फ मन्त्रालयले विशेष ध्यान दिएको पनि उहाँले बताउनुभयो । यस्तै अहिले पुरक बजेट ल्याउनुपर्ने आवश्यकता नरहेको पनि श्रेष्ठले स्पष्ट पार्नुभएको छ । बजेटलाई परिमार्जन गर्ने भन्दापनि कार्यान्वयन पक्षमा जोड दिइएको उहाँले बताउनुभयो । 

अहिलेकै सरकारले ल्याएको बजेट भएकाले परिमार्जन गर्ने भन्दापनि प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने उहाँले बताउनुभयो । विभिन्न क्षेत्रमा पुरक बजेट ल्याउने चर्चा भएपनि आवस्यकता नरहेको स्पष्ट पार्नुभयो । चालु आर्थिक वर्षको दोस्रो त्रैमास भर्खरै सुरु भएकाले पनि अहिले नै बजेटमाथि समिक्षा गर्ने बेला भइनसकेको पनि उहाँले बताउनुभयो ।  

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);