लुम्बिनी प्रदेशमा पूँजीगत खर्च सत प्रतिशत | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८०, सोमबार

लुम्बिनी प्रदेशमा पूँजीगत खर्च सत प्रतिशत

बुटवल । लुम्बिनी प्रदेश सरकारले आर्थिक बर्ष २०७७/०७८ मा ९९ दशमलव ४२ प्रतिशत पूँजीगत खर्च गरेको दाबी गरेको छ । प्रदेश सरकारका आवधिक योजना , पूर्वाधार निर्माणका लक्ष्यहरु कार्यान्वयनमा उल्लेखनीय उपलब्धी हासिल भएकोले सरकारले सत प्रतिशत प्रगति गर्न सकेको प्रदेश सरकारले बताएको छ ।

केन्द्र सरकारले पूँजीगत खर्च गर्न नसकिरहेको अवस्थामा लुम्बिनी प्रदेश सरकारले पूँजीगत खर्चतर्फ करिब सत प्रतिशत खर्च गर्न सफल भएको छ ।

प्रदेश सरकारको अनुसार ९९ दशमलव ४२ प्रतिशत पूँजीगत खर्च गर्न सफल भएको छ भने चालू खर्च तर्फ ७७ दशमलव ५६ प्रतिशत खर्च गरेको छ । औषतमा ८८ दशमलव ७६ प्रतिशत बजेट कार्यान्वयन गरी ईतिहास रचेको प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले दाबी गरेका छन् ।

आर्थिक बर्ष २०७७ / ०७८ मा पूँजीगततर्फ बिनियोजित रकम १८ अर्व ६१ करोड ९९ लाख ५२ हजारमध्ये १८ अर्व ५१ करोड २७ लाख २७ हजार ६ सय ८२ रुपैँया अर्थात ९९ दशमलव ४२ प्रतिशत खर्च भएको मन्त्रालयको भनाई छ ।

प्रदेश सरकारले भौतिक प्रगतितर्फ उत्साहजनक प्रगति भएको र साउन महिनाको दोश्रो साताभित्रै प्रदेश सरकारले यसको समीक्षा गरी समग्र तस्विर जनसमक्ष ल्याउने बताएको छ । सरकारको कुशल नेतृत्वको कारणले सफलता प्राप्ति गर्न सकेको सरकारको प्रवक्ता चौधरीको भनाई छ ।

प्रदेश सरकारको सुरुवाती चरण आर्थिक बर्ष २०७५/०७६ मा पूँजीगत तर्फ बिनियोजन भएको १६ अर्व ६२ करोड ४३ लाख ९८ हजार मध्ये ६१ दशमलव १९ प्रतिशत र आर्थिक बर्ष २०७६/०७७ मा बिनियोजन भएको १८ अर्व ५७ करोड ६४ लाख ७९ हजार मध्ये ७९ दशमलव २५ प्रतिशत खर्च भएको थियो । प्रदेश स्थापना देखि गत आर्थिक वर्ष सम्ममा बजेट खर्चमा प्रगति बढ्दै गएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);