गएको आर्थिक वर्षमा वीरगञ्ज भन्सारले लक्ष्यको ९९.६ प्रतिशत राजश्व संकलन गर्न सफल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

गएको आर्थिक वर्षमा वीरगञ्ज भन्सारले लक्ष्यको ९९.६ प्रतिशत राजश्व संकलन गर्न सफल

पर्सा । नेपालको प्रमुख भन्सार नाका वीरगञ्ज भन्सारले आर्थिक वर्ष २०७७-७८ मा झिनो अन्तरले वार्षिक लक्ष्य भेट्टाउन सकेन । गत आर्थिक वर्ष २०७७-७८ मा वीरगञ्ज भन्सारले लक्ष्यको ९९.६ प्रतिशत मात्र प्राप्त गर्न सकेको हो । रु. १ खर्ब ७० अर्ब ५ करोड ४७ लाख १ हजार राजश्व संकलन भएको प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिए ।

गत आर्थिक वर्ष २०७७-०७८ मा भन्सार विभागले १ खर्ब ७० अर्ब ७६ करोड ५१ लाख ४५ हजारको लक्ष्य दिएको थियो । तर लक्ष्य पुरा गर्न ७१ करोड ४ लाख ४४ हजार रुपैंयाँ अपुग भएको छ । अघिल्लो आर्थिक वर्ष २०७६-०७७ मा भन्सारले लक्ष्यको ६६.८९ प्रतिशत मात्र राजश्व संकलन गरेको थियो ।

अर्थ मन्त्रालयले देशभरको विभिन्न राजश्व लक्ष्य निर्धारण गर्ने क्रममा भन्सार विभागमार्फत् भन्सार नाकाहरुबाट हुने राजश्व संकलनको लक्ष्य पनि निर्धारण गर्छ । भन्सार राजश्व असुलीको लक्ष्य निर्धारण गर्ने क्रममा अन्य भन्सार कार्यालयलाई औसत लक्ष्य दिएपनि वीरगञ्ज भन्सार कार्यालयलाई कूल लक्ष्यको ३५ प्रतिशत भन्दा बढी राजश्व असुलीको जिम्मेवारी दिएको हुन्छ ।

यस्तो जिम्मेवारी राजनीतिक परिवेश, आयात निर्यात कारोबार,देशको आर्थिक अवस्थामा बिरलै आधारित हुन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);