चितवनको रत्ननगर नगरपालिकामा उद्यमशीलता प्रवद्र्धन कार्यक्रम | ईमाउण्टेन समाचार

Our Network

चैत २८ २०८०, बुधवार

चितवनको रत्ननगर नगरपालिकामा उद्यमशीलता प्रवद्र्धन कार्यक्रम

चितवन । चितवनको रत्ननगर नगरपालिकामा मेयरसंग उद्यमशीलता प्रवद्र्धन कार्यक्रम सुरु भएको छ । नगरपालिकाका करिब दुई सय युवालाई उद्यमी बनाउने र नगर भित्र पर्याप्त रोजगारीको सृजना गर्ने योजना सहित उक्त कार्यक्रम संचालनमा आएको हो ।

युवाहरुलाई उद्यमी बनाएर विदेश पलायन हुनबाट रोक्न र नगर भित्र रोजगारी सृजना गर्ने उद्देश्यले सो नगरपालिकाले उद्यमशिलता प्रर्बद्धन कार्यक्रम अन्तर्गत विना धितो कर्जा लगानी सुरु नगरका प्रमुख प्रशासकिय अधिकृत शिशिर पौडेलले बताए ।

कोरोनाका कारण विदेशबाट फर्केर आएका र पैसा र धितोको अभावले बेरोजगार बनेका युवा तथा युवतीहरुलाई लक्षित गरी नगरपालिकाले चालु आर्थिक बर्षका लागि एक करोड रुपैँया विनियोजन गरेको थियो ।

उक्त कार्यक्रम सञ्चालनको लागि नगरपालिकाको एक करोड र नेपाल बैंकको साढे २ करोड गरी साढे तीन करोड लगानी गर्ने गरी २०७७ पौष १ गते बैंकसंग सम्झौता भएको हो । आर्थिक बर्ष २०७७÷७८ का विनियोजन गरेको एक करोड रुपैँयाबाट नगर भित्रका दुई सय जनालाई स्वरोजगार बनाउने योजना नगरपालिकाको रहेको छ ।

सो कार्यक्रमको लागि नेपाल बैंकले कर्जा लगानी गरेको छ भने त्यसको व्याज नगरपालिकाले तिर्ने छ । महिला उद्यमीका लागि ६ प्रतिशत व्याज मध्ये २ प्रतिशत नगरपालिकाले र बाँकी ४ प्रतिशत नेपाल सरकारले प्रदान गर्ने व्याज अनुदान र अन्य उद्यमीको हकमा ५ प्रतिशत व्याज मध्ये ३ प्रतिशत नगरपालिका र बाँकी ३ प्रतिशत व्याज नेपाल सरकारले प्रदान गर्ने व्याज अनुदानमा मिलाउने गरी नेपाल बैंकसँग सम्झौता गरिएको मेयर नारायण वनले बताए ।

कार्यक्रममा पहिलो चरण अन्तर्गत १३ जनालाई चेक हस्तान्तरण गरिएको थियो ।आफ्नै गाउँ ठाउँमा केही गर्न चाहनेका लागि उक्त कर्जा दरिलो माध्यम भएको नगर उप–प्रमुख बिमला दुवाडिले बताए ।

सीप जाँगर र उत्साह भएका तर पर्याप्त पुँजी र धितोको अभावले उद्यम गर्न नसकेकाहरुलाई आगामी दिनमा पनि नगरपालिकाले प्राथमिकताका साथ सहुलियत कर्जा प्रदान गर्ने गरेमा नगरवासीको सामाजिक आर्थिक विकासमा समेत ठूलै सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);