चितवनको रत्ननगर नगरपालिकाले ३९ लाख २३ हजारको लगानीमा व्यवसायिक भवन निर्माण गर्दै | ईमाउण्टेन समाचार

Our Network

भदौ १६ २०८१, आइतबार

चितवनको रत्ननगर नगरपालिकाले ३९ लाख २३ हजारको लगानीमा व्यवसायिक भवन निर्माण गर्दै

चितवन । चितवनको रत्ननगर नगरपालिकाले बहुउद्देश्यीय भवन निर्माणको काम सुरु गरेको छ ।

नगरपालिकाले सपिङ कम्प्लेक्स सञ्चालन गर्ने गरी पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको टाँडी बजारमा भवन निर्माण सुरु गरेको हो ।

उक्त क्षेत्रमा व्यवसायिक भवनसंगै सार्वजनिक शौचालन समेत निर्माण हुने भएको छ ।

रत्ननगर नगरपालिकाका मेयर नारायण वनले शिलान्यास गरे सँगै भवन निर्माणको काम सुरु भएको इन्जिनियर नमेश गुरुङले बताए ।

भवनको शिलान्यास गर्दै मेयर नारायण वनले एक जना व्यवसायीले भोगचलन गर्दै आएको जग्गा फिर्ता ल्याएर व्यवसायिक भवन निर्माण सुरु गरेको जानकारी दिए ।

रत्ननगर नगरपालिकाको ३९ लाख २३ हजारको लगानीमा व्यवसायिक भवन निर्माण हुने पूर्वाधार समितिका संयोजक हरिकुमार श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार सो भवनलाई पूर्णता दिन चालु आर्थिक बर्षमा पनि ३० लाख रुपैँया विनियोजन गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);