चितवनको रत्ननगर नगरपालिकाले आगामी आर्थिक वर्षको लागि १ अर्ब २६ करोड ९४ लाख बराबरको बजेट सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

चितवनको रत्ननगर नगरपालिकाले आगामी आर्थिक वर्षको लागि १ अर्ब २६ करोड ९४ लाख बराबरको बजेट सार्वजनिक

चितवन । चितवनको रत्ननगर नगरपालिकाले आगामी आर्थिक वर्षको लागि १ अर्ब २६ करोड ९४ लाख बराबरको बजेट सार्वजनिक गरेको छ ।

आइतबार सम्पन्न नवौँ नगर सभामा कोरोना खोप खरिददेखि विपन्न किसानलाई अनुदान सम्मका १२ वटा महत्वपूर्ण नगरका योजना सहित आर्थिक वर्ष २०७८/ ७९ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

नगर प्रमुख नारायण वनले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नगरबासीलाई कोरोनाबाट जोगाउन कोरोना खोप खरिद, मागमा आधारित कृषकलाई गाई वितरण, नगर प्रमुख उद्यमशिलता कार्यक्रम, नगर प्रमुख विशेष कोष, नगर उपप्रमुख संग महिला, सार्वजनिक जग्गा संरक्षण घेराबार कार्यक्रम, रत्ननगर १६ मा पर्यटकीय पार्क निर्माण, टिकौलीचौरमा कृष्णसार संरक्षणका लागि बासस्थान निर्माण, टिकौली इकोपार्क कल्चरल भिलेज, वडा नं ४ मा कबर्डहल निर्माण, एम्बुलेन्स तथा सब वहान खरिद र पत्रकार भवन निर्माणलाई महत्वपूर्ण योजनाका रुपमा सार्वजनिक गरिएको छ ।

साथै नगर सभा मार्फत कर संकलनलाई प्रभावकारी बनाउन कर छुटको नीति लिएको छ । भने पर्यटकीय नगरी सौराहामा सफारीको लागि प्रयोग हुँदै आएका हात्तीबाट लिइदै आएको कर छुट दिइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);