नागार्जून नगरपालिकाद्वारा १ अर्ब १४ करोडको बजेट विनियोजन | ईमाउण्टेन समाचार

Our Network

मंसिर २२ २०७९, बिहीबार

नागार्जून नगरपालिकाद्वारा १ अर्ब १४ करोडको बजेट विनियोजन

nagarjun budget

अप्सरा गौतम
काठमाडौं, १० असार । स्थानीय तहले यतिबेला आर्थिक बर्ष २०७६/७७ लागि भटाभट निति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिरहेका छन । काडमाडौको नागार्जून नगरपालिकाले पनि मंगलवार पूर्वाधार र बिकास निर्माणमा जोड दिदै आर्थिक वर्ष २०७६/०७७ का लागि एक अर्ब १४ करोडको बजेट ल्याएको छ ।

नागार्जून नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ का लागि १ अर्ब १४ करोडको बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा ८६ करोडको बजेट ल्याएको नगरपालिकाले आर्थिक वर्षका लागि विभिन्न शिर्षकमा रकम छुट्याएको छ । नगरपालिकाले आफनो तेश्रो नगरसभामार्फत बजेट सार्वजनिक गरेको हो । बिनियोजित बजेटमा चालु, प्रशासनिक, शसर्त र अनिवार्य खर्चतर्फ ३८ करोड ४६ लाख र बिकास निर्माण पुँजीगत तर्फ ७५ करोड ५४ लाख गरी १ अर्ब १४ करोड रहेको छ ।

नगरपलिका भित्रको फोहोर मैला ब्यबस्थापन प्रमुख चुनौतीका रुपमा रहेको भन्दै फोहोर ब्यबस्थापन लगायत सडक ढल, खानेपानी स्वास्थ्य, शिक्षालाई बजेटको प्राथमिकतामा राखिएको छ । नगरपालिकाले दिर्घकालीन बिकास लक्ष्य सहित समृद्ध नागार्जुनको आधार पर्यटन सहितको पूर्वाधार र आवासीय नगर भन्ने नारा अघि सारेको छ । त्यसैगरी स्मार्ट सिटीको अवधारणा र धार्मिक स्थललाई समेटेर सर्किट निर्माण गर्ने पनि जनाएको छ ।

दोस्रो नगरसभा सम्म विषेस गरी सडक निर्माण, खानेपानी, स्वास्थय र पर्यटनलाई प्राथमिकतामा राखेर काम गरेको नगरपालिकाले अबको योजना भने दिर्घकालीन र गौरवका योजनालाई प्राथमिकतामा राखेको छ ।

सितापाईला देखि अन्य जिल्ला जोडने सडक निर्माण, विदेसिएका यूवा लगायत दलित, जनजाती र पिछद्धिएका वर्गलाई समेटी दक्ष जनशक्ति उत्पादन गरी स्वदेशमै रोजगारको सृजना गर्नका लागि पनि रकम छुटाएको छ ।