काठमाडौँ महानगरले ल्यायो १६ अर्ब ४२ करोडको बजेट | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

काठमाडौँ महानगरले ल्यायो १६ अर्ब ४२ करोडको बजेट

kmc budget

काठमाडौं, १० असार । काठमाडौं महानगरपालिकाले अगाामी आर्थिक वर्ष २०७७ -७८ का लागि १६ अर्ब ४२ करोड ७३ लाख २६ हजारको अनुमानित बजेट सार्वजनिक गरेको छ । बुधबार नगरसभाको सातौ अधिवेशनमा महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्की श्रेष्ठले अनुमानित बजेट प्रस्तुत गर्नुभएको हो ।

आर्थिक विकास क्षेत्रका लागि १७ करोड २३ लाख बिनियोजन गरिएको छ । यो कुल बजेटको १ दशमलम ५ प्रतिशत हो । त्यसैगरी कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रको लागि १ अर्ब ७८ करोड २७ लाख ५० हजार बिनियोजन गरिएको छ । यो कुल बजेटको १० दशमलब ८५ प्रतिशत हो । पूर्वाधार बिकास क्षेत्रका लागि कुल बजेटको ५१ दशमलब ३४ प्रतिशत ८ अर्ब ४३ करोड ४३ लाख ७१ हजार बजेट बिनियोजन गरिएको छ । सामाजिक बिकास क्षेत्रका लागि २ अर्ब ४९ करोड ९८ लाख , सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रका लागि रु ९६ करोड ३०, शसर्त अनुदान तर्फ २ अर्ब ५७ करोड ५१ लाख ५ हजार विनियोजन गरिएको छ ।

महानगरले कोभिड–१९ को असर ,रोकथाम र न्युनिकरणलाई प्राथमिकता राख्दै गोष्ठी, तालिम, सम्मेलन र अन्य प्रशासनिक खर्चमा केही बजेट कटौती गरेको छ ।

कर बक्यौतामा लाग्ने जरिवानामा पूर्ण छुट

काठमाडौं महानगरपालिले कोभिड–१९ को प्रभावका कारण करदाताहरुबाट असुल हुन बाँकी रहेको आर्थिक वर्ष २०७६–०७७ को सबै प्रकारका कर बक्यौतामा लाग्ने जरिवानामा पुरै छुट दिएको छ । त्यसैगरी कोभिड–१९ का कारण महानगरबासीमा परेको प्रभावलाई मध्यनजर गरी आर्थिक बर्ष २०७७(०७८ को पुस मसान्तभित्र सम्पत्ति कर दाखिला गरेमा यस आर्थिक बर्षमा लाग्ने सम्पत्ति करमा दश प्रतिशत छुट दिने जनाएको छ । घर जग्गा कर वा सम्पत्ति करको बक्यौताको हकमा त्यस्तो छुट दिइने छैन । सर्वसाधारणहरुको सवारी साधन पार्किङ प्रयोजनका लागि व्यवसायिक रुपमा निर्माण गरिने भवनको हकमा भवन निर्माण सम्पन्न भएको मितिले ५ बर्षसम्म सम्पत्ति कर छुट दिईने भएको छ ।

होटल तथा पर्यटन क्षेत्रको सम्पति करमा छुट

महानगरपालिकाले हाल बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९को प्रभावले होटल तथा पर्यटन क्षेत्रमा पर्न गएकाअसरलाई मध्यनजर गरी होल, रिसोर्टका नाममा घर जग्गा भई वा लिजमा लिई होटेल, रिसोर्ट निर्माण गरी सञ्चालन भएको करदाताको हकमा आर्थिक बर्ष २०७६÷७७ सम्मको घरजग्गा कर÷सम्पत्ति कर चुक्ता गरेमा आर्थिक बर्ष २०७७÷७८ को सम्पत्ति करमा थप पचहत्तर प्रतिशत छुट दिने भएको छ । २०७७ पुस मसान्तभित्र सम्पती कर बुझाएमा सो बापत दश प्रतिशत छुट समेत जोड्ने हो भने होटल, रिसोर्ट क्षेत्रलाई ८५ प्रतिशत सम्पति करमा छुट हुन आउँछ ।

वार्षिक बहाल करमा १० प्रतिशत छुट

कम्तिमा एक महिनाको घर बहाल छुट दिने घरधनीले छुट दिएको स्वघोषणा गरी आर्थिक बर्ष २०७६-७७ मा बुझाउनुपर्ने घर बहाल कर चुक्ता गरेमा बार्षिक बहाल करमा दश प्रतिशत छुट दिईने भएको छ । तर आर्थिक बर्ष २०७६-७७ मा घर, जग्गा तथा सम्पत्ति भाडामा लगाए बापतको बहाल कर छुट नलिई चुक्ता गरिसकेका करदाताहका हकमा कोभिड–१९ का कारण कम्तिमा एक महिनाको घर बहाल छुट दिने घरधनीले छुट दिएको स्वघोषणा गरेमा आर्थिक बर्ष २०७७-७८ मा बुझाउनुपर्ने बार्षिक बहाल करमा दश प्रतिशत छुट दिई बहाल कर मिलान गरिने भएको छ ।

त्यसैगरी काठमाडौँ महनगरपालिकाले बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ रोकथामका लागि नेपाल सरकारले घोषणा गरेको बन्दाबन्दीका कारणले काठमाडौं महानगरपालिका क्षेत्रमा ब्यापार व्यवसाय गरी बस्ने करदाताहरुलाई व्यवसाय करमा ५० प्रतिशतसम्म छुट दिएको छ । महानगरपालिकाले आर्थिक बर्ष २०७७-७८ मा लाग्ने व्यवसाय करमा होटल, पर्यटन तथा मनोरन्जन क्षेत्रसंग सम्बन्धित ब्यवसायीहरुले तिर्ने ब्यवसाय करमा पचास प्रतिशत र अन्य सबै ब्यवसायीहरुले तिर्ने ब्यवसाय करमा बीस प्रतिशत छुटको व्यवस्था गरेको हो ।

५० प्रतिशत व्यवसाय कर छुट पाउने होटल, पर्यटन तथा मनोरञ्जन व्यवसायमा सबै तारेहोटलहरु, चलचित्र प्रदर्शनी घर,साधारण होटल, लज, गेष्ट हाउस, होमस्टे,होस्ट, रेष्टुरेन्ट एण्ड बार ट्राभल र ट्रेकिङ एजेन्सी, रिक्रियसन खेल लगायत छन् ।

तर महानगरले जडिबुटी, कवाडी र जीवित पशुमा थप कर लगाउने तयारी गरेको छ । यससम्बन्धी करका प्रस्तावबारे अर्को नगरसभाले निर्णय गर्ने मेयर शाक्यले जानकारी दिनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);