विश्व बैंकद्वारा नेपाललाई १२ अर्ब रुपैयाँ ऋण सहयोग | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

विश्व बैंकद्वारा नेपाललाई १२ अर्ब रुपैयाँ ऋण सहयोग

काठमाडौं, १० असार । विश्व बैंकले नेपाललाई दिने करिब १२ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण सहायताका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बुधबार विश्व बैंक समुहको अन्तर्राष्ट्रिय विकास संस्था आइडीएले दिने १२ अर्ब रुपैयाँ सहुलियत ऋण सहायताका लागि हस्ताक्षर भएको हो ।

उर्जा क्षेत्रमा लगानी बढाउन र कार्यकुशलता अभिवृद्धिका लागि विश्व बैंकले यो सहयोग गरेको हो । सम्झौतापत्रमा नेपालका तर्फबाट अर्थमन्त्रालयका सचिव शिशिर कुमार ढुंगाना र विश्व बैंकका देशीय निर्देशक फारिस हाजाडजेर्भोसले हस्ताक्षर गर्नुभएको हो ।

कोरोना संकट विरुद्ध लड्न र विद्युत क्षेत्रका लागि विश्व बैंकले ऋण सहयोग गरेको हो । प्राप्त ऋण सहायताले नेपालमा भरपर्दो र दिगो विद्युतले गरिबी न्यूनीकरणमा सहयोग पुग्ने विश्वास लिइएको छ । विश्व बैंकले डेभलभमेन्ट पोलिसी क्रेडिट अन्तरर्गत नेपाललाई सहयोग गर्दै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);