विश्व बैंकद्वारा नेपाललाई १२ अर्ब ऋण सहयोग स्वीकृत | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

विश्व बैंकद्वारा नेपाललाई १२ अर्ब ऋण सहयोग स्वीकृत

काठमाडाैं २१ जेठ । कोभिड १९ को प्रभाव न्यूनिकरण तथा विद्यूत क्षेत्रको सुधार गर्न नेपालका लागि विश्व बैंकले नेपालका लागि १० करोड अमेरिकी डलर करीव १२ अर्ब रुपैयाँ ऋण सहायता स्वीकृत गरेको छ ।

ऋण सहायता बैंकको कार्यकारी निर्देशक बोर्डको बैठकबाट स्वीकृत भएको विश्व बैंकले उल्लेख गरेको छ । नेपाल विद्युत प्राधिकरणको वित्तीय क्षमता अभिवृद्धिमा विश्व बैंकले लगानी गर्ने भएको हाे।

विद्युत् क्षेत्रमा थप आर्थिक सम्भाब्यताको खोजी गर्न नीतिगत, नियमन र संस्थागत सुधारमा विश्व बैंकको सहायता उपयोग हुने विश्व बैंकले जानकारी दिएको छ ।

प्राधिकरणको प्रभावकारी व्यवस्थापन र सरकारको साथले पछिल्लो समय प्राधिकरणको घाटासमेत परिपूर्ति हुने नेपालको विद्यूत क्षेत्रको ठूलो फड्को भएको विश्व बैंकले उल्लेख गरेको छ ।

नेपालले पछिल्ला दिनमा विद्यूत उत्पादन र गुणस्तर सुधारमा उल्लेखनिय प्रगती गरिसकेको छ । नेपालको ८८ प्रतिशत जनसंख्याको पहुँचमा विद्युत सेवा पुगिसकेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);