कर तिर्न गरेको सरकारको ताकेता प्रति काग्रेसको विरोध | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

कर तिर्न गरेको सरकारको ताकेता प्रति काग्रेसको विरोध

काठमाडौ, २१ जेठ । सरकारले जेठ २५ गतेसम्म कर तिर्न गरेको ताकेताप्रति नेपाली कांग्रेसले विरोध जनाएको छ । संसदीय दलका नेता बालकृष्ण खाँडले बुधबार एक विज्ञप्ति जारी गर्दै कोरोनाको महामारीका बीचमा लकडाउन जारी रहँदा सरकारले कर तिर्न ताकेता गर्नु अत्यन्तै आपत्तिजनक निर्णय भएको बताउनुभएको हो ।

देशका सम्पूर्ण उद्योग, कलकारखाना, पर्यटन, यातायात क्षेत्र लगायत शैक्षिक संस्था ठप्प रहेको र व्यवसाय, बैंक, वित्तीय तथा सहकारी संस्था तथा निजी अस्पताल सञ्चालनमा ठूलो कठिनाइ भइरहेको छ ।

यस बेला सरकारले २५ गतेभित्र कर तिर्न लगाउनु अव्यवहारिक र गैरजिम्मेवारपनको पराकाष्ठा भएको कांग्रेसको ठहर छ । आमनागरिकलाई पीडामाथि पीडा थप्ने कार्य अत्यन्त निन्दनीय भएकाले २५ गतेसम्म कर तिर्न प्रकाशित सूचना सच्याउन कांग्रेसले माग गरेको छ ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);