रकम असुल्दै निजी विद्यालय | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

रकम असुल्दै निजी विद्यालय

खगेन्द्र घिमिरे
झापा, २० असार । झापामा पनि लकडाउन यता सबै विद्यालयहरु बन्द छन् । बन्दाबन्दीले मुलुक नै अस्तव्यस्त भइरहेका बेला झापामा सञ्चालित एक निजी विद्यालय,लकडाउन अवधिको रकम कसरी असुल्ने भन्ने दाउँमा छ । बिर्तामोडमा सञ्चालित लिटील फ्लावर इंगलिस स्कूलले मासिक रकम तिर्न भन्दै अभिभावकलाई ताकेता शुरु गरेको छ ।

लकडाउनमा पठान पाठन नभएपनि विद्यालयले शुल्क बुझाउन ताकेता गरेको हो । सरकारले समेत लकडाउनको बेला शुल्क नउठाउन निर्देशन गरेपनि लिटीले शुल्क उठाउन लागेको हो । लकडाउनको समयको मासिक रकम तिर्न भन्दै मोवाईलमा म्यासेज पठाउन थालेको छ ।

विद्यालयले नयाँ भर्ना खुलेको जनाउदैं वैशाख र जेठ महिनाको मासिक शुल्क वापतको रकम तिर्न भन्दै म्यासेज र बील पठाउन शुरु गरेको पाइएको हो । लकडाउनका कारण देशभरि नै विद्यालयको पठन पाठनका तथा अन्य शैक्षिक गतिविधि पूर्ण रुपमा ठप्प भएको अवस्थामा समेत मासिक शुल्क तिर्न भन्दै विद्यालयले ताकेता गरेको अभिभावक मोहन शिलवालले बताए

नपढाएको समयको समेत बील पठाएको विषयमा विद्यालयले तिर्न सक्ने अभिभावकलाई मात्रै रकम तिर्न भनेको बताएको छ । लकडाउनको समयमा निजी विद्यालयका शिक्षकहरुलाई तलव दिनु पर्ने भएकाले अभिभावकले शुल्क नतिरे सरकारले निजी शिक्षकहरुलाई तलव दिनुपर्ने लिटल फ्लावर इंलिस स्कूलका सञ्चालक राजेश खड्काले बताउनु भयो ।

यता, बिर्तामोड नगरपालिकाले भने बिद्यालयले मनोमानी ढंगले रकम तिर्न अभिभावकको नाममा रसिद काटेको जानकारी आफूहरुले प्राप्त गरेको र सरकारको आधिकारीक निर्णय विना बिल काटेको पाइए कारवाही गर्ने जनाएको छ ।

बन्दाबन्दीको समयमा केहि विद्यालयले अनलाईन कक्षाको नाममा शुल्क असुल गरिरहेका छन् । केहिले विना कुनै शैक्षिक गतिविधि नै शुल्क असुलेका छन् । कोरोना संक्रमणको त्रासका कारण विद्यार्थीहरुलाई विद्यालय पठाउने वा नपठाउने भन्ने विषयमा अभिभावक दोधारमा छन् । तर, निजी विद्यालयलाई मनोमानी ढंगवाट रकम तिर्नु पर्ने भन्दै रसिद पठाउन थालेका छन् । सरकारको निर्देशन विपरित शुल्क डाम्ने यस्ता विद्यालयलाई कडा कार्वाही गर्नुपर्ने अभिभावकको माग छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);