करदाता कार्यालयले कर तिर्न सार्वजनिक सूचना जारी गर्यो ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

करदाता कार्यालयले कर तिर्न सार्वजनिक सूचना जारी गर्यो !

tax

काठमाडौं, २० पुष । आन्तरिक राजश्व विभाग अन्तर्गतको ठूला करदाता कार्यालयले टेलिया सोनेरालाई १५ दिन भित्र कर तिर्न सार्वजनिक सूचना जारी गरेको छ । वुधबार सूचना प्रकाशित गर्दै करदाता कार्यालयले १५ दिन भित्र कर तिर्न भनेको हो । सोही सूचना अनुसार टेलिया सोनेरा कम्पनी स्विडेनले पुष १८ सम्मको सावा र व्याज गरी ६५ अर्ब ४० करोड ३१ लाख ६० हजार १ सय ८० रुपैयाँ तिर्न बाँकी रहेको जनाएको छ ।

यदी कर नतिरेमा आयकर ऐन २०५८ को दफा १०४ देखि १११ अनुसार कारबाही गर्न बाध्य हुने चेतावनी पनि दिइएको छ । आयकर ऐनका उल्लेखित दफाहरुमा कर दाखिला नगरेमा सम्पत्ति माथि दाबी, दाबी गरेको सम्पत्तिको लिलाम बिक्री, कर नतिर्ने व्यक्तिलाई नेपाल बाहिर जान नदिने एवं कर नतिरेमा मुद्दा चलाउनेसम्मका प्रावधान छन् ।

टेलिया सोनेराले आफ्नो सेयर मलेसियाको एक्जियाटा समूहलाई बिक्री गरेको थियो । बिक्री गर्दा भएको पुँजीगत लाभ तिर्न ठूला करदाता कार्यलयले सार्वजनिक रुपमै ताकेता गरेको हो । स्वीडेनको स्टकहोममा केन्द्रीय कार्यालय रहेको टेलिया सोनेरा समूह दूरसञ्चार कम्पनी एनसेलको पुरानो मालिक हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);