सर्वाेच्चद्वारा एनसेलबाट ३९ अर्व लाभकर असुल्ने ठूला करदाता कार्यालयको निर्णय खारेज | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

सर्वाेच्चद्वारा एनसेलबाट ३९ अर्व लाभकर असुल्ने ठूला करदाता कार्यालयको निर्णय खारेज

काठमाडौं, ९ भदौ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलबाट ३९ अर्ब रुपैयाँ लाभकर असुल्ने ठूला कर दाता कार्यालयको निर्णयलाई सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

सोमबार सर्वोच्च अदालतको बृहत पूर्ण इजलासले गत वैशाख ३ गते ठूला करदाता कार्यालयले गरेको निर्णय उत्प्रेषणको आदेशबाट बदर गरेको हो ।

ठूला करदाता कार्यालयले ३ वैशाखमा ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८ सय १५ रुपैयाँ पूँजीगत लाभकर तिर्न बाँकी रहेको भनी ७ दिनभित्र तिर्न एनसेललाई पत्राचार गरेको थियो ।

तर, एनसेलले वैशाख ९ गते आयकर ऐन बमोजिम सफाइ पेश गर्ने मौकासमेत नदिई कर निर्धारण गरिएको लगायतका कारण देखाउँदै सर्वोच्चमा रीट दिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);