४ नेतालाई केन्द्रिय सदस्यमा मनोनयन गर्ने नेकपाको निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

४ नेतालाई केन्द्रिय सदस्यमा मनोनयन गर्ने नेकपाको निर्णय

nekapa

काठमाडौं, ९ भदौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विभिन्न पार्टीबाट एकतामा आएका चार जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको छ ।

सोमवार अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा पार्टी कार्यालय धुम्वाराहीमा बसेको सचिवालय बैठकले देवेन्द्र पराजुली, कल्पना धमला, पदम राई र किरण राईलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको हो ।

बैठकले बिभिन्न जिल्ला, जनसंगठन र बिभागका उपप्रमुख तथा सहइञ्चार्जहरुमा केही फेरवदल तथा थपघट गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

त्यसैगरी सचिवालय बैठकले पार्टी भित्रका नेता कार्यकर्ताका बारेमा सार्वजनिक टिका टिप्पणी नगर्न पनि नेता कार्यकर्तालाई निर्देशन दिएको छ । बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री ओली स्वास्थ्य उपचारका लागि सिंगापुर जानु अघि बसेको सचिवालय बैठकले अर्का अध्यक्ष दाहाललाई सचिवालय बैठक बोलाउने अधिकार दिएको थियो । दाहालले बोलाउनुभएको नेकपाको यो पहिलो सचिवालय बैठक हो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);