प्रधानमन्त्री ओलीद्वारा आत्मआलोचना | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

प्रधानमन्त्री ओलीद्वारा आत्मआलोचना

pm kp sharma oli

काठमाडौं, २१ वैशाख । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको नेकपा सचिवालय बैठकमा सरकार सञ्चालनमा भएका कमीकमजोरीलाई लिएर प्रधानमन्त्री ओलीले आत्माआलोचना गर्नुभएको हो । नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल लगायतले पनि पार्टी सञ्चालनमा भएका कमीकमजोरीमा आत्मालोचना गर्दै अगाडि बढ्नुपर्ने बताएपछि प्रधानमन्त्री ओलीले आत्मालोचना गर्नुभएको पार्टी प्रवक्ता नारायणबाजी श्रेष्ठले जानकारी दिनुभयो ।

त्यस्तै बैठकमा पार्टीको स्थायी कमिटी बैठक बैशाख २५ गते बोलाउने निर्णय गरेको छ । त्यसको तयारीका लागि २४ गते सचिवालय बैठक बस्नेभएको छ । बैठकले बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभाको उम्मेदवार बनाउन पहल गर्ने निर्णय समेत गरेको छ ।

संसदको बजेट अधिवेशन छिट्टै बोलाउने र आगामि वर्षका लागि प्रस्तुत गर्ने नीति तथा कार्यक्रम र बजेटका विषयमा पनि पार्टीभित्र छलफल गर्ने र जनादेशअनुसार सरकार अगाडी बढ्नुपर्ने निष्कर्ष पनि बैठकले निकालेको छ । सचिवालय बैठकले देश कोरोना महामारीसँग लडिरहेको सन्दर्भमा सम्पूर्ण राजनीतिक दल र पार्टीका नेताहरुलाई एकजुट भएर अगाडी बढ्न आग्रह गर्ने पनि निर्णय गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);