रवि लामिछाने सहित तीनै जनालाई रिहा गर्न अदालतको आदेश | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

रवि लामिछाने सहित तीनै जनालाई रिहा गर्न अदालतको आदेश

काठमाडौं, ९ भदौ । चितवन जिल्ला अदालतले माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका टिभी कार्यक्रम सञ्चालक रवि लामिछाने र पत्रकार युवराज कँडेललाई धरौटीमा तथा अस्मिता कार्कीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।

सोमवार जिल्ला अदालतले रविलाई ५ लाख रुपैयाँ, युवराज कँडेललाई ३ लाख रुपैयाँ र अस्मिता कार्कीलाई साधारण तारेखमा छोड्न आदेश दिएको हो ।

आइतबार तीनजना विरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा आत्महत्या दुरुत्साहनको आरोप लगाउँदै मुद्दा दायर गरेको थियो। आइतबार ढिला गरी अभियोग पत्र दर्ता भएपछि अस्मिता कार्कीको मात्रै बयान गरेर तीनैजनालाई अदालतले न्यायीक हिरासतमा राखेको थियो।

सोमबार बिहानै सुरुमा युवराज कँडेल र त्यसपछि रविको बयान भएसँगै थुनछेक बहस प्रारम्भ भएको थियो। रवि लगायत तीनैजना विगत ११ दिनदेखि प्रहरी हिरासत थिए।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);