आज रूपन्देही अदालतमा उपस्थित हुँदै लामिछाने | ईमाउण्टेन समाचार

Our Network

जेठ २९ २०८३, शनिबार

आज रूपन्देही अदालतमा उपस्थित हुँदै लामिछाने

२०८१,९,९

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बुधबार रूपन्देही जिल्ला अदालत उपस्थित हुँदैछन्। मंगलबार भैरहवा पुगेका लामिछाने आज कार्यालय समयमै अदालतमा उपस्थित हुने रास्वपाकी कार्यवाहक प्रवक्ता प्रतिभा रावलले जानकारी दिइन्। लामिछानेको बयान छिट्टै सकिए थुनछेक बहससमेत आज नै हुनेछ। बहस सकिनासाथ अदालतले लामिछानेलाई थुनामा राख्ने कि थुनाबाहिरै रहेर मुद्दा लड्न दिने भन्ने आदेश गर्नेछ।

सुप्रिम सहकारी ठगीमा लामिछानेसहित २२ जनाविरुद्ध गत आइतबार जिल्ला अदालत रूपन्देहीमा पूरक अभियोग दर्ता भएको थियो। लामिछानेविरुद्ध मात्रै व्यक्तिगत २ करोड र सामूहिक २ करोड गरी चार करोड रुपैयाँभन्दा बढी बिगो मागदाबी गर्दै मुद्दा दायर भएको छ। सुप्रिम सहकारीको रकम अपचलनबारे प्रहरीले बुझाएको यो दोस्रो पूरक अनुसन्धान हो। यसअघि लामिछाने गृहमन्त्री रहेकै वेला सुप्रिम सहकारीको मुद्दा वैशाख ३ गते अदालतमा दर्ता भएको थियो।

त्यतिबेला एक हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो। लामिछाने जिल्ला अदालत कास्कीमा ६५ लाख र काठमाडौं जिल्ला अदालतमा ६० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए। तर सरकारी वकिल कार्यालय कास्कीले जिल्ला अदालतको आदेश बदर गरी लामिछानेलगायत सातै प्रतिवादीलाई थुनामै राखेर मुद्दा अघि बढाउनुपर्ने माग राखि उच्च अदालतमा निवेदन दिएको थियो।

सोही निवेदनउपर हिजो सुनुवाइ गर्दै अदालतले कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको छ।

Leave a Reply

ताजा समाचार

Expert Guide to Football Lineup Prediction

६ घन्टा अघि

The Complete Guide to Betting Site Bonuses

६ घन्टा अघि

Duel Bet: The Casino Showdown

६ घन्टा अघि