काठमाडौंमा पक्राउ परेका लामिछानेलाई आज रूपन्देही लगिँदै | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८३, आइतबार

काठमाडौंमा पक्राउ परेका लामिछानेलाई आज रूपन्देही लगिँदै

२०८१,१२,२३

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई शनिबार रूपन्देही लगिँदैछ। शुक्रबार साँझ पक्राउ गरी भद्रकालीस्थित काठमाडौं प्रहरी परिसरमा राखिएका उनलाई रूपन्देही लगिन लागिएको हो। उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रूपन्देहीको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा थुनामा पठाउने आदेश दिएसँगै प्रहरीले उनलाई शुक्रबार बूढानीलकण्ठस्थित निवासबाट पक्राउ गरेको थियो ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले उनलाई शुक्रबार थुनामा पठाउने आदेश दिएको थियो । यही मुद्दामा रूपन्देही जिल्ला अदालतले एक करोड धरौटीमा रिहा हुने आदेश गरेको थियो। उच्च अदालतले उक्त मुद्दा बदर गर्दै रविलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको हो।

 

Leave a Reply