७० वर्षमाथिका जेष्ठ नगरिकलाई आन्तरिक उडानमा ५० प्रतिशत छुट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

७० वर्षमाथिका जेष्ठ नगरिकलाई आन्तरिक उडानमा ५० प्रतिशत छुट

aeroplane

काठमाडौं, ९ भदौ । पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ७० वर्षमाथिका जेष्ठ नगरिकलाई आन्तरिक उडानमा ५० प्रतिशत छुट दिने कार्यक्रम अघि सार्नुभएको छ । यो कार्यक्रम ३ महिना भित्र लागु गर्ने उहाँको योजना छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्रि भट्टराईले आफ्नो एक वर्षे कार्ययोजना सार्वजनिक गर्नु भएको छ । सोही कार्ययोजना अन्तर्गत ७० वर्षमाथिका जेष्ठ नगरिकलाई आन्तरिक उडानमा ५० प्रतिशत छुट दिने व्यवस्था ल्याइएको हो ।

मन्त्रि भट्टराईले आगामी ६ महिना भित्र युरोपियन युनियनको हवाई सुरक्षा चासोको सूचीबाट हटाउन आवश्यक सबै पुर्व शर्तहरु पुरा गर्ने योजना बनाउनु भएको छ । मन्त्रि भट्टराईले सार्वजनिक यो योजना आगामी फेबु्रअरी अर्थात् भ्रमण वर्ष सुरु भैसकेको अवस्थामा पुरा हुने छ ।

यस्तै मन्त्रि भट्टराईले अगाडी सार्नु भएको अर्को महत्वपूर्ण योजना भनेको २०२०को मार्चमा गर्ने योजना बनाइएको टुरिजम इन्भेस्टमेन्ट समिट हो । नेपालले सम्पन्न गरेको महत्वपूर्ण २ वटा पूर्वाधार लगानी सम्मेलनमा आशा गरे अनुसारको लगानी नआएको चर्चा चलिरहेको बेला यो सम्मेलनको आयोजना गर्नु चुनौती पूर्ण पनि छ ।

मन्त्रि भट्टराईले सार्वजनिक गर्नुभएका कार्यक्रमहरु सफलतापुर्वक सम्पन्न भए पर्यटन तथा नागरिक उड्डयन क्षेत्रले ठुलो फड्को मार्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);