आन्तरिक उडानमा विदेशीसँग लिईने भाडा घटाउने पर्यटनमन्त्रीको संकेत | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

आन्तरिक उडानमा विदेशीसँग लिईने भाडा घटाउने पर्यटनमन्त्रीको संकेत

yogesh

काठमाडौं, ३० साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले आन्तरिक उडानमा विदेशी नागरिकलाई लिईने भाडा दर घटाउने संकेत गर्नुभएको छ ।

नागरिक उड्डयन प्राधिकरणद्धारा विहिबार आयोजित एभियसन सेफ्टी रिपोर्ट २०१९ सार्वजनिक कार्यक्रममा उहाँले आन्तरिक उडानमा विदेशीलाई लिईने भाडा दर घटाउने संकेत गर्नुभएको हो ।

आन्तरिक उडानमा विदेशीलाई लिईने भाडाका बारेमा कुटनीतिक नियोगका व्यक्तिहरुबाट धेरै गुनासो आईरहेको भन्दै मन्त्री भट्टराइले त्यसबारे व्यवसायीहरुसंग परामर्श गरेर छिट्टै निर्णय गरिने बताउनुभयो ।

उहाँले चर्को हवाई भाडाले नेपालको पर्यटन उद्योगलाई घाटा वा नोक्सानी पुर्याएको छ भन्ने विश्लेषण गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

उहाँले प्राधिकरणद्धारा सार्वजनिक एभियसन सेफ्टी रिपोर्ट २०१९ मा धेरै सकारात्मक संकेत देखिएको भन्दै आगामी दिनमा अझै राम्रो र र सकारात्मक हुने आशा व्यक्त गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);