नेपालको उड्डयन क्षेत्रलाई कालो सूचीमा राख्ने निर्णयको अन्तरवस्तु केलाउनुपर्छ : मन्त्री ढकाल | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

नेपालको उड्डयन क्षेत्रलाई कालो सूचीमा राख्ने निर्णयको अन्तरवस्तु केलाउनुपर्छ : मन्त्री ढकाल

काठमाडौं, १६ पुष । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले नेपालको अन्तर्राष्ट्रिय उडानलाई कालो सूचीमा राख्ने निर्णयको अन्तरवस्तु केलाउनुपर्ने बतानुभएको छ । बिहीबार नेपाल नागरिक उड्डयन प्राधिकरणको २२ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री ढकालले नेपालको उड्डयन क्षेत्रलाई कालो सूचीमा राख्ने विषयलाई फरक ढंगले हेर्नुपर्ने बताउनुभएको हो ।

नेपालको योग्यता नपुगेका कारण हो अथवा कुनैपनि देशको स्वार्थका कारण कालो सूचीमा राखिएको हो भन्ने सम्बन्धमा अन्तरवस्तु केलाएर हेर्नुपर्ने बताउनुभयो । कसैले कालो सूचीमा राखेर आफ्ना स्वार्थ पुरा गर्नका लागि अतिरिक्त दवाव दिन खोजेको हो भने अन्तर्राष्ट्रिय समुदायलाई भन्न सक्नुपर्ने पनि मन्त्री ढकालले बताउनुभयो । 

मन्त्री ढकालले राजनीतिक पहुँच र शक्तिको आधारमा विगतमा विभिन्न जिल्लामा एयरपोर्ट निर्माण गरिएकोले अहिले धरै एयरपोर्ट सञ्चालनमा आउन नसकेको पनि बताउनुभयो । देशभर ५५ वटा एयरपोर्ट रहेकोमा ३६ वटा कालोपत्रे गरीएको र त्यसमा पनि ३५ वटा मात्रै सञ्चालनमा रहेको बताउनुभयो । २० वटा एयरपोर्ट सञ्चालनमा आउन नसक्नुले राजनीतिक पहुँच  र शक्तिको आधारमा एयरपोर्ट बनाइएको स्पष्ट हुने बताउनुभयो । 

कार्यक्रममा प्राधिकरणका महानिर्देशक राजन पोखरेलले कोभिडका कारण नेपालको उड्डयन क्षेत्रमा अर्बौं रुपैयाँ नोक्सानी भएको बताउनुभयो । नेपाल बायुसेवा निगमले झण्डै ५ अर्ब, हिमालयन एयरलाइन्सले झण्डै २ अर्ब र आन्तरिक तर्फका हवाई जहाज र हेलिकोप्टर अपरेटरहरुले करिब १० अर्ब ६२ करोड रुपैयाँ नोक्सानी व्यहोर्नुपरेको महानिर्देशक पोखरेलले बताउनुभयो । प्राधिकरणको आम्दानीमा पनि ८० प्रतिशत अर्थात ५ अर्ब ६९ करोड रुपैयाँ घटेको बताउनुभयो । 

प्राधिकरणका अनुसार कोभिड रोकथामका लागि लकडाउन भएपछि अहिले सम्मको अवधिमा अन्तर्राष्ट्रिय उडानमा ८६ प्रतिशत र आन्तरिक उडानमा ८३ प्रतिशत हवाई यात्रु घटेको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);