मदनमणि दीक्षितको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

मदनमणि दीक्षितको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी

काठमाडाैं, ३० साउन । वरिष्ठ पत्रकार एवं साहित्यकार स्वर्गीय मदनमणि दीक्षितको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गरिएको छ । दीक्षितको विहीबार बिहान ९७ बर्षको उमेरमा निधन भएको थियो । नेपाल सरकारले दीक्षितलाई राष्ट्रिय सम्मान दिएको छ ।

नेपाल सरकारका मन्त्रीहरुले आर्यघाट पुगी दीक्षितको पार्थिव शरिरमा नेपालको राष्ट्रिय झण्डा ओढाएर सम्मान अर्पण गरेका थिए । अन्त्येष्टीको समयमा नेपाल प्रहरीको टुकडीले राष्ट्रिय सम्मान गारद प्रदान गरेको थियो ।

नेपाली पत्रकारिता र साहित्य तथा राजनीतिक परिर्वतनमा अतुलनिय योगदान दिएका स्वर्गीय दीक्षितका माधवी, ग्यास च्याम्बरको मृत्यु, द्रौपती, अहिल्या लगायत झण्डै चार दर्जन कृति छन् ।

उहाँ मदन पुरस्कार, साझा पुरस्कार, पद्मश्री पुरस्कार लगायत विभिन्न पुरस्कार र सम्मानबाट पनि सम्मानित हुनुभएको थियो । दीक्षितका श्रीमती, तीन छोरा र एक छोरी छन् । दीक्षितको विक्रम सम्बत १९ सय ७९ फागुन ६ गते काठमाडौंको गैरीधारामा जन्म भएको थियो ।

मृत्यु पछि प्रज्ञा प्रतिष्ठानमा पार्थीव शरिर नराखी आफ्नै घरको आँगनमा राख्ने उहाँको चाहाना अनुसार उहाँलाई निवासमै राखि अन्तिम श्रद्धाञ्जलील दिने व्यवस्था मिलाईएको थियो ।

दलका नेता, समाजसेवी, साहित्यकार लगायतका शुभचिन्तकहरुले दीक्षित निवासमै पुगेर उहाँलाई अन्तिम श्रद्धाञ्जली दिई सम्मान व्यक्त गरेका थिए ।

२००७ साल अघिको जहानीयाँ राणा शासन विरोधी आन्दोलन तथा पञ्चायत विरोधी प्रजातान्त्रिक आन्दोलनमा स्वर्गीय दीक्षितले खेल्नुभएको भुमिका इतिहासमा सधै सधै स्मरणयोग्य रहँदै आएको छ । स्वर्गीय दीक्षितका एक श्रीमती, तीन छोरा र एक छोरी हुनुहुन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);