छैटौं पत्रकारिता दिवसको अवसरमा १६ पत्रकार पुरस्किृत | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

छैटौं पत्रकारिता दिवसको अवसरमा १६ पत्रकार पुरस्किृत

काठमाडौं । सरकारले स्वर्गीय सुकदेव नेपाल (अग्नि शिखा) लाई वरिष्ठ पत्रकार सम्मान २०७६ प्रदान गर्ने भएको छ । उनलाई मरणोपरान्त सो सम्मान प्रदान गरिएको हो । छैटौं पत्रकारिता दिवस २०७८ को अवसरमा शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा एक कार्यक्रम गर्दै सरकारले स्वर्गीय नेपाललाई वरिष्ठ पत्रकार सम्मानबाट सम्मानित गर्न लागेको जानकारी गराएको हो ।

त्यसैगरी सोही सम्मान पत्रकार हर्ष सुब्बालाई पनि प्रदान गरिने भएको छ । पत्रकारहरु रघु मैनाली र शार्दूल भट्टराईलाई वरिष्ठ पत्रकार सम्मान २०७७ लाई प्रदान गरिने भएको छ । वरिष्ठ पत्रकार सम्मानको राशी जनही २ लाख रुपैया रहेको छ । शुक्रबार नै राष्ट्रिय पत्रकारिता पुरस्कार २०७६ र राष्ट्रिय पत्रकारिता पुरस्कार २०७७ को घोषणा गरिएको छ ।

राष्ट्रिय पत्रकारीता पुरस्कार २०७६ इन्द्रमान बुढा(उजिर मगर) बाग्लुङ्ग, मात्रिका पौडेल रामेछाप, संगीता खड्का काठमाडौं ,शेषराज दाहाल सिन्धुली, हेमन्त बहादुर बिके बाँके, सिलत शाह, धनुषालाई प्रदान गरिने भएको छ ।

त्यसैगरी पत्रकारहरु दिलिप कुमार थापा मगर, दिपेन न्यौपाने, दुर्गाप्रसाद शर्मा, सुरोजजंग पाण्डे, नितु पण्डित, पुन पौडेल लाई राष्ट्रिय पत्रकारिता पुरस्कार २०७७ प्रदान गरिने भएको छ ।

यो पुरस्कारको राशी जनही १ लाख रुपैया रहेको छ । सम्मानित तथा पुरस्कृतहरु पत्रकारहरुलाई राष्ट्रपतिबाट सम्मान तथा पुरस्कार प्रदान गरिने सञ्चार मन्त्रालयले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);