नेजा ग्रामीण सामुदायिक पत्रकारिता पुरस्कार आचार्यलाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

नेजा ग्रामीण सामुदायिक पत्रकारिता पुरस्कार आचार्यलाई

काठमाडाैं । नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले नेपाल पत्रकार महासंघसगको सहकार्यमा प्रदान गर्दै आएको नेजा ग्रामीण सामुदायिक पत्रकारिता पुरस्कारबाट रसुवाकी पत्रकार अनु आचार्य सम्मानित भएकी छिन् ।

मंगलबार नेपाल पत्रकार महासंघमा एक कार्यक्रमको आयोजना गरी आचार्यलाई सम्मान गरिएको हो । कानुनमन्त्री दीलेन्द्र बडुले पत्रकार आचार्यलाई सम्मान गरेका हुन् । नेजाको सातौं अधिवेशन तथा १४औँ साधारणसभाको उद्घाटन सत्रमा आचार्यलाई नेजा ग्रामीण सामुदायिक पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गरेको थियो । २ लाख २२ हजार २ सय २२ सहित प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको नेपाल पत्रकार महासंघले जनाएको छ । 

नेजाका अध्यक्ष विकासराज न्यौपानेले नेपालको ग्रामीण क्षेत्रमा रहेर जनतालाई सुसूचित गर्नेमध्ये एकजना पत्रकारलाइ नेजाले नेजा ग्रामीण सामुदायीक पत्रकारिता पुरस्कारबाट पुरस्कृत गर्दै आएको बताए ।  नेजाले नेपाल पत्रकार महासंघ सगको सहकार्यमा हरेक २ वर्षमा नेपालका ग्रामिण जिल्लामा बसेर पत्रकारिता गर्ने उत्कृष्ट पत्रकारलाई यो पुरस्कार प्रदान गर्दै आएको जनाएको छ । नेजा ग्रामीण सामुदायिक पत्रकारिता पुरस्कार’ लिँदै आचार्यले ग्रामीण क्षेत्रमा रहेर पत्रकारिता गर्न चुनौति रहेको भन्दै पुरस्कारले आगामी दिनमा पेशाप्रति क्रियाशिल हुन हौसला प्रदान गरेको बताइन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);