खेलकूद तथा पत्रकारिता क्षेत्रमा क्रियाशील १४ जनालाई पुरस्कार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

खेलकूद तथा पत्रकारिता क्षेत्रमा क्रियाशील १४ जनालाई पुरस्कार

काठमाडौं, १४ मंसिर। युवा तथा खेलकूद मन्त्रालयले खेलकूद र पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान दिएको भन्दै १४ जना युवाहरुलाई सम्मान गरेको छ । युवा तथा खेलकूद मन्त्रालयले शुक्रबार मन्त्रालयमा एक कार्यक्रम गर्दै खेलकूद तथा पत्रकारिता क्षेत्रमा क्रियाशील १४ जनालाई पुरस्कार सहित सम्मान गरेको हो ।

मन्त्रालयले मोफसल पत्रकारितामा क्रियाशील गोरखापत्र दैनिक दाङकी सविता शर्मा, सामुदायिक सूचना नेटवर्क बाँकेका लीलाप्रकाश चन्द, जनता टेलिभिजन मकवानपुरका रामकुमार रिजाल र अनलाइन खबरमा कार्यरत बाग्लुङका विश्वास बुढाथोकीलाई युवा पत्रकारिता पुरस्कारबाट सम्मान गरेको छ ।

पुरस्कृत हुने सबैले सम्मान पत्रसहित ५० हजार नगद पनि प्राप्त गरेका छन् । यस्तै मन्त्रालयले खेलकूद क्षेत्रतर्फ भारोत्तोलनका कमलबहादुर अधिकारी, तेक्वान्दोकी यानकुमारी चौलागाईं, एथलेटिक्सका विश्वरुपा बुढा र सोमबहादुर कुमाल, भलिबलकी निताकुमारी शाह र पारा तेक्वान्दोकी रञ्जना धाँमीलाई जनही रु एक लाख नगदसहित खेलकूद प्रतिभा पुरस्कार प्रदान गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);