शहीद स्मारक ए डिभिजन लिग: आज दुई खेल हुँदै | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

शहीद स्मारक ए डिभिजन लिग: आज दुई खेल हुँदै

sahid smarak

काठमाडौं, १५ मंसिर । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज दुई खेल हुँदैछन् ।

पहिलो खेलमा संकटा र च्यासल युथ क्लब प्रतिष्पर्धा गर्दैछन् । अर्को खेल मनाङ मस्र्याङ्दी क्लब र सरस्वती युवा वीच हुनेछ । दुबै खेल हलचोकस्थित एपीएफ मैदानमा हुनेछन् ।

पहिलो तीन खेलमा जित हात पार्दै नौ अंक जोडेको संकटा चौथो चरणको खेलमा भने आर्मीसँग पराजित भएको छ । आज जितेको खण्डमा संकटा तालिकाको तेस्रो स्थानमा उक्लिनेछ । तालिकामा संकटाको नौ अंक छ ।

च्यासल भने चार अंक सहित आठौं स्थानमा छ । अघिल्लो चार खेलमा जित हातपारेको मनाङ मस्र्याङ्दी क्लब दोस्रो स्थानमा छ । उसले आज सरस्वतीलाई हराएको खण्डमा १५ अंक सहित शीर्ष स्थानमा रहनेछ । सरस्वती क्लब भने ६ अंक सहित सातौं स्थानमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);