शहीद स्मारक ए डिभिजन लिग फुटबलको तेस्रो चरणका खेलहरु आजबाट सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

शहीद स्मारक ए डिभिजन लिग फुटबलको तेस्रो चरणका खेलहरु आजबाट सुरु

Football

काठमाडौं, ६ मंसिर । शहीद स्मारक ए डिभिजन लिग फुटबलको तेस्रो चरणका खेलहरु आजबाट सुरु हुँदैछन् ।

एन्फा कम्प्लेक्स सातदोबाटोको मैदानमा पहिलो खेल ११ बजे सुरु हुँनेछ भने दोस्रो खेल दिउँसो साढे २ बजबाट सुरु हुनेछ । आजको पहिलो खेलमा च्यासल युथ क्लब र न्यू रोड टिम (एनआरटी) भिड्नेछन् भने दोस्रो खेलमा थ्रीस्टार क्लब र मनाङ मस्र्याङ्दी क्लब भिड्नेछन् ।

दोस्रो चरणको समाप्तिसम्म सत्प्रतिशत नतिजासहित थ्री स्टार र मनाङ क्रमशः पहिलो र दोस्रो स्थानमा रहेकाछन् । लिगमा दुई चरणको समाप्तिसम्म थ्रीस्टार र मनाङसंगै संकटा क्लवले पनि सत्प्रतिशत नतिजा ल्याएको छ ।

यी तिन टोलीको ६–६ अंक छ । आर्मी, सशस्त्र प्रहरी, नेपाल पुलिस र हिमालयन शेर्पा क्लवको समान चार अंक हुँदा मच्छिन्द्रको दुई तथा च्यासल र एनआरटीको एक एक अंक छ । फ्रेन्ड्स, सरस्वती, जावलाखेल र ब्रिगेड ब्वाइजले अंकको खाता खोल्न सकेका छैनन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);