अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटवलमा उरुग्वेमाथि फ्रान्सको संघर्णपूर्ण जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटवलमा उरुग्वेमाथि फ्रान्सको संघर्णपूर्ण जित

काठमाडौं, ५ मंसिर । विश्व विजेता फ्रान्सले अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेलमा उरुग्वेमाथि संघर्षपूर्ण जित निकालेको छ । बुधबार विहान पेरिसमा भएको खेलमा घरेलु टोली फ्रान्सले उरुग्वेलाई १-० गोल अन्तरले पराजित गरेको हो । फ्रान्सको जितमा ओलिभर जिराउडले गोल गरेका थिए । खेलको हाफसम्म दुबै टिमले गोलरहित बराबरी खेलेका थिए ।

खेल अवधिभर उरुग्वेले निकै राम्रो प्रदर्शन गरेको थियो । पहिलो हाफसम्म फ्रान्सलाई बराबरीमा रोकेको उरुग्वेले दोस्रो हाफमा भने गोल खान पुग्यो । खेलको ५२ औं मिनेटमा जिराउडले पेनाल्टीबाट गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए।

बाँकी समयमा दुबै टिमबाट गोल हुन नसकेपछि विश्वविजेता फ्रान्सले १–० गोलले जित हात पारेको हो । उक्त खेलमा विश्वकपको हिरो मानिएका किलियन एम्बाप्पे लडेर घाइते भएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);