युरोपियन छनौटमा फ्रान्सको पहिलो जित | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

युरोपियन छनौटमा फ्रान्सको पहिलो जित

एजेन्सी, १६ चैत । फिफा विश्वकप छनौट अन्तर्गत युरोपियन छनौटमा फ्रान्सले पहिलो जित निकालेको छ । आइतबार राति सम्पन्न खेलमा काजकिस्तानलाई २–० ले पराजित गर्दै फ्रान्सले पहिलो जित निकालेको हो ।

काजकिस्तानको मैदानमा खेलको २० औं मिनेटमा ओसुमाने डेम्बेलेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । खेलको ४४ औं मिनेटमा सेर्जीय माल्यीले आत्मघाती गोल गरेपछि फ्रान्सले २–० को जित निकालेको हो ।

यस्तै खेलको ७५ औं मिनेटमा केलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्न सकेनन् । जितसँगै समूह ’डी’ को फ्रान्सले २ खेलमा ४ अंक जोडेको छ । फ्रान्स शीर्ष स्थानमा रहेको छ । पहिलो खेलमा फ्रान्स युक्रेनसँग १–१ गोलको बराबरीमा रोकिएको थियो ।

अंक विहीन काजकिस्तान तालिकाको पुछारमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);