१६ औं संस्करणको युरोकपमा साविक उपविजेता फ्रान्सको विजयी सुरुवात | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

१६ औं संस्करणको युरोकपमा साविक उपविजेता फ्रान्सको विजयी सुरुवात

एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा साविक उपविजेता फ्रान्सले विजयी सुरुवात गरेको छ ।

मंगलबार राति जर्मनीको म्युनिखस्थित एलिनाज स्टेडियममा भएको खेलमा जर्मनीलाई १–० गोल अन्तरले पराजित गर्दै फ्रान्सले सुखद सुरुवात गरेको हो । फ्रान्सले आत्मघाती गोलको मद्दतमा जित निकाल्न सफल रह्यो ।

जर्मनीका माट हुमेल्सको खेलको २० औं मिनेटमा आत्मघाती गोल गर्दा फ्रान्स जित निकाल्न सफल बनेको हो । फ्रान्सका लुकास हर्नान्डेजको क्रस क्लियर गर्ने क्रममा उनले आफ्नै पोस्टमा गोल गरेका थिए । त्यसबाहेक फ्रान्सले गरेको दुई गोलले मान्यता पाएन ।

खेलको ६६ औं मिनेटमा केलियन एमबाप्पेले गोल गरेका थिए । तर, अफसाइड भएपछि उनको गोलले मान्यता पाएन । त्यस्तै खेलको ८५ औं मिनेटमा एमबाप्पेको पासमा करिम बेन्जिमाले गोल गरेका थिए । तर, भीएआरको सहायतामा एमबाप्पे अफसाइड रहदा उनको गोलले मान्यता पाएन ।

यस हारसँगै तीन पटकको च्याम्पियन जर्मनी युरोकपको इतिहासमा पहिलो पटक आफ्नो पहिलो खेलमा पराजित भएको छ । जितसँगै समूह ’एफ’ मा रहेका फ्रान्सले महत्वपूर्ण ३ अंक जोडेको छ भने फ्रान्स समूहको दोस्रो स्थानमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);